काठमाडौँ- अमेरिकामा जारी टी–२० विश्वकपमा नेपालले आज पहिलो खेल खेल्दै छ।
नेपालको खेल कसरी हेर्ने भन्ने चिन्ता काठमाडौँ महानगरले हटाइदिएको छ।
काठमाडौँ भित्र हुनेहरुका लागि तीन ठाउँमा ठूला एलईडी स्क्रीन राखेर महानगरले खेल देखाउँने जमर्को गरेको छ।
खेल हेर्नका लागि काठमाडौँ महानगरपालिकाले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा प्रत्यक्ष प्रदर्शन स्थान तयारी गरेको छ।
नेपाली समयअनुसार आज साँझ सवा नौ बजेदेखि खेल हुने छ। यो खेल हेर्नका लागि ठूला एलईडी स्क्रीन राखिने तयारी भइरहेको छ।
महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्टको सह आयोजना र खेलकुद मन्त्रालयको सहकार्यमा प्रत्यक्ष प्रसारण गर्ने भएको प्रमुखको सचिवालयका सदस्य नविन भण्डारीले जानकारी दिए।


