२०८३ कार्तिक १३ गते बिहिबार

मानसखण्ड सर्किट विकास गर्न भारत सकारात्मक छ : परराष्ट्रमन्त्री साउद

 |  Untitled
Sanket

Untitled

महेन्द्रनगर, बैशाख १६
np saud
फाइल तस्बिर

महेन्द्रनगर- परराष्ट्रमन्त्री एनपी साउदले मानसखण्ड सर्किट विकासका लागी भारत सरकार पनि सकारात्मक भएको बताएका छन्। श्री ग्वासी समैजी क्षेत्र विकास तथा सनातन धर्म संरक्षण समितिको १३औँ साधारणसभामा शनिबार बोल्दै मन्त्री साउदले यस्तो बताएका हुन्। मानसखण्ड सर्किट निर्माण गरेपछि धार्मिक पर्यटन तथा आर्थिक विकास रुपमा हुने उनको विश्वास छ।

‘मैले सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिलाई मानसखण्ड सर्किटको विकासका लागि मानसखण्ड क्षेत्रभित्र भारतमा रहेका धार्मिक क्षेत्र र नेपालमा रहेका धार्मिक क्षेत्रहरुको गृहकार्य गर्न र प्रपोजल बनाउन आग्रह गरेको छु,’ उनले भने, ‘उहाँले सो कार्य म गर्छु भनेर भन्नु भएको छ। भारत सरकार पनि मानसखण्ड सर्किट विकासका लागि सकारात्मक भएको मैले पाएको छु।’ यो विषयमा भारत सरकारसँग पनि आफूले छलफल गर्ने मन्त्री साउदको भनाइ थियो।

‘गेटा मेडिकल कलेजलाई देशकै पहिलो मेडिकल विश्वविद्यालय बनाउने निर्णय मन्त्रिपरिषद्ले गरिसकेको छ। अहिले यसलाई सञ्चालनमा ल्याउन सरकारले तयारी गरिरहेको छ,’ मन्त्री साउदले भने, ‘यसका लागि ऐन बनाउनका लागि काम अघि बढेको छ।’

मोहना नदीको तटबन्ध, जोडाघाटदेखि धनगढीसम्म जाने वैकल्पिक सडकलगायतका विकास निर्माणका काम अगाडि बढाइने पनि उनले उल्लेख गरे। विकास निर्माणका काममा सबैको सहयोग सहकार्य रहनुपर्ने उनको भनाइ थियो।

परराष्ट्रमन्त्री साउदले दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई देशकै पहिलो चिकित्सा विश्वविद्यालयका रुपमा विकास गरी सञ्चालनमा ल्याउने तयारी सरकारले थालेको पनि बताए। गेटा मेडिकल कलेजलाई चिकित्सा विश्वविद्यालयका रुपमा सञ्चालनमा ल्याउने गरी तयारी थालिएको उनको भनाइ छ।

‘गेटा मेडिकल कलेजलाई देशकै पहिलो मेडिकल विश्वविद्यालय बनाउने निर्णय मन्त्रिपरिषद्ले गरिसकेको छ। अहिले यसलाई सञ्चालनमा ल्याउन सरकारले तयारी गरिरहेको छ,’ मन्त्री साउदले भने, ‘यसका लागि ऐन बनाउनका लागि काम अघि बढेको छ।’

विश्वविद्यालय सञ्चालनमा आएमा सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा निकै टेवा पुग्ने मन्त्री साउदले विश्वास व्यक्त गरे। सुदूरपश्चिम पर्यटकीय, पूर्वाधार, शैक्षिकलगायत दृष्टिकोणले अथाह सम्भावना बोकेको प्रदेश भएको समेत उनले बताए। ‘सुदूरपश्चिम निकै सम्भावना बोकेको क्षेत्र हो, त्यसमा थुप्रै चुनौती पनि छन्,’ उनले भने, ‘चुनौती चिर्दै अगाडि बढ्नु पर्छ।’

प्रकाशित: २०८० बैशाख १६ गते शनिवार ०६:०३
प्रतिक्रिया

थप समाचार

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...

प्रधानमन्त्री विपद् कोषमा कति रकम आयो? कति खर्च भयो? समितिले खोज्यो हिसाब

काठमाडौँ: भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त रकम, प्रभावित वडा र पालिकामा भएको खर्चको विस्तृत...

अर्नब चक्रावत: नारायणगढ–मुग्लिनसहित प्रमुख राजमार्गमा पहिरोको जोखिम

अत्यावश्यकबाहेक वर्षाको समयमा राजमार्गमा यात्रा नगर्न र गर्नैपरे ट्राफिक वा सडक कार्यालयबाट सूचना लिएरमात्र यात्रा गर्न अपिल गरिएको छ।

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

भारत–चीन जोड्ने कर्णाली करिडोर: व्यापार, पर्यटन जलविद्युतको सम्भावना 

सुर्खेत: भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। करिब ५०५ किलोमिटर लामो यो करिडोरले कर्णालीका...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना