काठमाडौँ- टी–२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेपालले ब्याटिङ गर्ने भएको छ।
अमेरिकामा केही बेरमा सुरु हुने नेपाल र नेदरल्यान्ड्सको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको हो।
नेदरल्यान्ड्सले टस जिती पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो।
नेपालको टोलीको प्लेइङ ११ : कुशल भुर्तेल, आशिफ शेख, अनिलकुमार साह, रोहितकुमार पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहोरा र सागर ढकाल


