काठमाडौँ- टी–२० विश्वकपको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित भएको छ।
नेपालले प्रस्तुत गरेको १ सय ७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८.४ ओभरमा ४ विकेटको क्षति भेटाएको थियो।
नेदरल्यान्ड्सका लागि म्याक्स ओ डाउडले सर्वाधिक ५४ रन बनाए। विक्रमजित सिंहले २८ बलमा २२ रन जोडे। साइब्रान्ड एन्जलब्रर्चटले १६ बलमा १४ रनको योगदान दिए।
नेपालका लागि सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र अविनाश बोहराले १–१ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सबै विकेटको क्षतिमा १०६ रन बनाएको थियो। नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए। उनले ३७ बलमा ५ चौका हिर्काए।
खेलमा खराब सुरुवात गरेको नेपालले चौथो ओभरमा नै दुवै ओपनरलाई गुमाएको थियो। भुर्तेल ७ रन तथा आसिफ शेख ४ रन बनाएर आउट भए।
करन केसीले १७ तथा गुल्सन झाले १४ रनको योगदान दिए। अनिल शाहले १२ बलमा ११ रन जोडे। त्यस्तै कुशल मल्लले ९ बलमा ९ रन बनाएर आउट भए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेदरल्यान्ड्सका लागि टिम प्रिंगल र लोगन भान विकले ३–३ विकेट लिए भने पाउल भान मेकरेन र बास डे लिडेले २–२ विकेट लिए।


