काठमाडौँ- शनिबार काठमाडौँका विभिन्न स्थानमा विद्युत् लाइन अवरुद्ध हुने भएको छ।
रत्नपार्क वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि विभिन्न फिडहरूको लाइन अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको हो।
प्राधिकरणका अनुसार बिहान ११ः०० बजेदेखि साँझ ०५ः०० बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ।
शनिबार बबरमहल क्षेत्रमा रहेको सैनिक मुख्यालय, सुनधारा टेलिकम, भन्सार विभाग, पशु अस्पताल, रानीपोखरी प्रहरी र स्वास्थ्य मन्त्रालय लगायत स्थानमा विद्युत् अवरुद्ध हुने सूचनामा उल्लेख छ।
जेठ २८, ३०, ३२ र असार २ र ३ गते काठमाडौँका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुने कार्यालयले जनाएको छ।



