काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार दिउँसो विमान दुर्घटनासम्बन्धी आपत्कालीन उद्धारको अभ्यास गरिएको छ।
दिउँसो १ बजेदेखि साढे १ बजेसम्मका लागि विमानस्थल बन्द गरेर अभ्यास गरिएको हो।
सङ्कटको अवस्थामा विभिन्न निकायहरूबीच सहयोगको अभिवृद्धि गराउने तथा सहभागी निकायहरूले निर्वाह गर्ने भूमिका तथा जिम्मेवारीको मूल्याङ्कनका लागि अभ्यास गरिएको हो। यस्तो दुर्घटना भएको अवस्थामा जनधनको क्षति न्यून गराउने र विमानस्थलको सञ्चालन छिटोभन्दा छिटो सुरु गराउनु पनि यसको उद्देश्य हो।
विमानस्थल वरिपरिको आकाशमा कालो धुवाँका साथै दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधि पनि देखिएको थियो।
विमानस्थलमा सङ्कटकालीन योजनाको अभ्यास गर्नु पर्ने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को मापदण्ड छ। विमान अभ्यासको समयमा हेर्नका लागि पर्यटनमन्त्री हितबहादुर तामाङ उपस्थित थिए।















तस्बिरहरु : मनिष अर्याल


