काठमाडौँ- वीर अस्पातलकी एक नर्सले कान्ति बाल अस्पतालमा कार्यरत डाक्टरको घरमा आत्महत्या गरेकी छिन्।
वीर अस्पतालको ग्यास्ट्रो मेडिसिन वार्डको नर्सिङ इन्चार्जसमेत रहेकी ३४ वर्षीया नर्स अनुमा श्रेष्ठले शनिबार डाक्टर सुजन ढकालको घरमा पुगेर आत्महत्या गरेको प्रहरीले बताएको छ।
प्रहरीका अनुसार अनुमाको शव बोहोराटारस्थित उनका प्रेमी सुजन ढकालको घरमा शव भेटिएको हो। अनुमाले आत्महत्या गरिसकेको अवस्थामा सुजनका परिवारले देखेर प्रहरीलाई खबर गरेका थिए।
लामो समयदेखि अनुमा र सुजन प्रेम सम्बन्धमा थिए। तर सुजनले विवाह गर्न नमानेको भन्दै अनुमाले सुजनकै घरमा पुगेर आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
घटनाका सम्बन्धमा अनुसन्धान अघि बढाइएको जानकारी प्रहरीले दिएको छ।


