काठमाडौँ- राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई साथ दिन चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसी र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू माइतीघर मण्डला पुगेका छन्।
अनुसन्धान र नवप्रवर्तनका लागि आवश्यक बजेट विनियोजन गर्न माग गर्दै शुक्रबारदेखि सामाजिक आन्दोलन सुरु गरेका पुनको आन्दोलनमा ऐक्यबद्धता जनाउन अध्यक्ष लिङ्देन आइतबार माइतीघर पुगेका हुन्।
शनिबारै राप्रपाका नेता डा. प्रकाशचन्द्र लोहनी, रवि मिश्रलगायतले पनि आन्दोलनमा समर्थन जनाउन उपस्थित भएका थिए।
कुल बजेटको १ प्रतिशत अनुसन्धानमा खर्च गर्नुपर्ने, नवउद्यमीलाई हतोत्साह गर्न नहुनेलगायतका माग राखेर पुनले धर्ना थालेका हुन्।












