काठमाडौँ- आईसीसी टी–२० विश्वकप अन्तर्गत नेपालले दोस्रो खेल आज श्रीलंकासँग खेल्ने भएको छ।
अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रगंशालामा बिहान सवा ५ बजे सुरु हुने भनिएको खेल वर्षाका कारण केही ढिला सुरु हुने भएको छ।
गएरातिको वर्षाका कारण मैदान पुरै भिजेकाले अहिले पानी सुकाउने कार्य भैरहेको छ। सिनियर क्रिकेटमा नेपाल र श्रीलंका पहिलो पटक भिड्न लागेका हुन्।
नेपाली टोली आजको खेलमा श्रीलंकालाई पराजित गर्दै सुपर ८ मा पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ।
यता श्रीलंका पनि नेपाललाई हराउँदै सुपर ८ सम्भावना जिवित राख्ने योजनामा हुनेछ। नेपालसँग पराजित भए श्रीलंका विश्वकपको सुपर ८ को दौडबाट बाहिरिनेछ।


