लहान- प्रहरी कार्यालयभित्रै एक जना महिला प्रहरी मृत अवस्थामा भेटिएकी छन्।
महिला बालबालिका तथा जेष्ठ नागरिक सेलको दोस्रो तल्लाको बाथरूमभित्र धाराको सावरमा झुन्डिएको अवस्थामा ती महिला प्रहरी जवान मृत भेटिएकी हुन्।
मृत भेटिनेमा २५ वर्षीया करिष्मा सुनार रहेको सिराहाका प्रहरी प्रमुख(एसपी) रमेश पण्डितले जानकारी दिए।
सुनार बिहान ड्युटी गरेर आफू बस्ने स्थान (प्रहरी कार्यालयकै)मा गएकी थिइन्।
धेरै बेरसम्म बाहिर ननिस्केपछि सहकर्मीहरूले उनको खोजी गरे।
भित्रबाट छिस्किनी लगाएर बाथरूमभित्र झुन्डिएको अवस्थामा सुनार भेटिएकी थिइन्।
मृत्युको कारण खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ।
सुनारको स्थायी ठेगाना बाँके जिल्ला खजुरा-४ हो।


