२०८३ कार्तिक १२ गते बुधबार

‘पढ्न विदेश जानेसँगै र स्वदेश फर्किने पनि माहौल बनाउनुपर्छ’

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख १७
EduClave_Photo01

काठमाडौँ- नेपालमा उच्च शिक्षा अध्ययनको अवस्था र वैदेशिक शिक्षा आर्जनका अवसर र चुनौती लगायतका विषयमा केन्द्रित रहेर अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।
नेपाल शैक्षिक परामर्श संघ इक्यानसँगको सहकार्यमा वानअपले आइतबार काठमाडौंमा आयोजना गरेको ‘एडुक्लेभ’मा सहभागी वक्ताहरुले वैदेशिक शिक्षामा विद्यार्थीलाई रोक्न नहुने बताए।

कार्यक्रमका अधिकांश वक्ताले उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीका लागि उचित वातावरण बनाउनुपर्ने तर सँगसँगै नेपाल फर्काउने वातावरण पनि बनाउनुपर्नेमा जोड दिए। त्यसका लागि नेपाल सरकारले अवसर सिर्जना गर्नुपर्ने उनीहरुको भनाइ थियो।

वैदेशिक शिक्षाका लागि नेपालबाट हजारौं युवा युरोप, अमेरिका, क्यानाडा, जापान, कोरिया जस्ता मुलुकमा पुग्ने गरेका छन्। वक्ताहरूले उच्च शिक्षाका लागि नेपालमै पनि गुणस्तरीय शिक्षा प्रदानमा जोड दिनुपर्ने कुरा राखे।

कार्यक्रममा तीन वटा प्यानल डिस्कसन भएका थिए। ‘हाम्रो शिक्षा प्रणाली, नयाँ दृष्टिकोणको आवश्यक्ता’ शीर्षकमा पूर्व परराष्ट्रमन्त्री विमला राई पौड्याल, प्रतिनिधिसभा सदस्य प्रदीप पौडेल, शिक्षा मन्त्रालयका पूर्वसचिव दीपेन्द्र विक्रम थापा, इक्यानका अध्यक्ष प्रकाश पाण्डे र अन्तर्राष्ट्रिय कर्पोरेट प्रशिक्षक मानसी अग्रवालले आफ्ना भनाइ राखेका थिए।

कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले सरकारले एनओसी बन्द गर्नुभन्दा विश्वविद्यालय राम्रो बनाउनुपर्नेमा जोड दिए। ‘समयमा जाँच र समयमा परीक्षाफल आउनुपर्‍यो। नेपालकै विश्वविद्यालयहरु राम्रा भए भने पढ्नका लागि अन्त को जान्छ?’ पौडेलले भने, ‘शिक्षालाई आजको अवस्थामा कसले पुर्‍यायो त? पार्टीमा आबद्ध भएको नाताले म पनि त्यसको भागिदार छु।’ पौडेलले आर्मी र प्रहरीको संख्या बढाउने कि शिक्षकको संख्या बढाउने? भन्नै प्रतिप्रश्न गरेका थिए।

यसैगरी, पूर्वपरराष्ट्रमन्त्री विमला राई पौड्यालले नेपालमा कुनै पनि विद्यार्थीले बाहिरको जस्तो गुणस्तरीय शिक्षा भनेर खोजी गर्दा गुणस्तरीय शिक्षा नेपालमै उपलब्ध गराउनु पहिलो दायित्व हुनुपर्नेमा जोड दिइन्।

यस्तै, ‘विदेशिने नेपाली विद्यार्थी : अवसर वा जोखिम’ शीर्षकमा पूर्व पर्यटनमन्त्री तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराई, अस्ट्रेलियाका लागि पूर्व नेपाली राजदूत लक्की शेर्पा, शैक्षिक अभियन्ता सविन जोशी, डिस होम मिडियाका सञ्चालक सुदीप आचार्य, वरिष्ठ पत्रकार युवराज घिमिरे र ग्लोबल इक्वालिटीका फाउन्डिङ म्यानेजिङ पार्टनर मनिष थापाबीच अन्तर्क्रिया भएको थियो।

विदेश पढ्न जाने क्रमसँगै उतै पलायन हुने चलनले देशलाई ठूलो नोक्सानी भइरहेको नेता भट्टराईको भनाइ थियो। उनले भने, ‘पैसा कमाउन सकिन्छ, तर बौद्धिकताको पलायन भयो भने त्यो कमाउन गाह्रो छ।’उनले पछिल्लो समय बाहिरको विश्वविद्यालयमा पढ्ने चाहिँ जान्ने र नेपालको विश्वविद्यालयमा पढ्ने नजान्ने भन्ने किसिमको भाष्य निर्माण भएकोमा चिन्ता व्यक्त गरे।

वरिष्ठ पत्रकार युवराज घिमिरेले विदेश पढ्न जाने कुरा समाजमा प्रतिष्ठाको विषय समेत बन्दै गएको बताए। ‘पल्लो घरको भाइ गयो, दिदी गइन् हामी किन नजाने भन्ने आउँछ,’ उनले थपे, ‘सामान्य परिवारको विद्यार्थी विदेश पढ्न जाँदा घर बन्दकी राख्नुपर्छ। त्यसरी घर बन्दकी राखेर विदेश गएपछि उसका लागि मनोवैज्ञानिक दबाब हुन्छ। पैसा नतिरी फर्कन्न भन्ने हुन्छ।’

यसैगरी, ‘वैदेशिक शिक्षाको प्रभाव’ विषयक छलफलमा पूर्व शिक्षामन्त्री एवं प्रतिनिधिसभा सदस्य शिशिर खनाल, नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा, ठमेल डटकमका संस्थापक बालकृष्ण जोशी, सिटी एक्सप्रेसका सञ्चालक चन्द्र टन्डन र शैक्षिक परामर्शदाता प्रकाश पाण्डे सहभागी थिए। अन्तर्क्रियामा सहभागी वक्ताहरूले विदेशमा शिक्षा हासिल गरेर नेपाल फर्केका व्यक्तित्वहरुको उदाहरण पनि दिए।

एडुक्लेभको आयोजक वान अपका सीईओ रविशंकर झाले राज्यले शैक्षिक परामर्श केन्द्रहरूलाई सम्मानको दृष्टिले नहेरेको भन्दै चिन्ता व्यक्त गरे। उनले विदेश पढ्न जान चाहने विद्यार्थीलाई सहायता, परामर्श गर्ने शैक्षिक परामर्श केन्द्र र व्यवसायीहरुलाई नकारात्मक चित्रण गरेर कसैलाई फाइदा नहुने बताए। शैक्षिक परामर्श व्यवसायलाई अझ मर्यादित र व्यवस्थित गर्दै लैजान, यस क्षेत्रका अवसर र चुनौतीबारे बहस गर्न एडुक्लेभमा सरोकारवाला, विज्ञ, नीति निर्माता, विद्यार्थी, अभिभावक र शैक्षिक परामर्श केन्द्रहरुलाई एकै थलोमा भेला गरेर अन्तर्क्रिया गराएको उनको भनाइ थियो।

प्रकाशित: २०८० बैशाख १७ गते आईतबार ०९:४१
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना