काठमाडौँ- बंगलादेशले नेपाललाई १०७ रनको लक्ष दिएको छ। टी–२० विश्वकप समूह डीको अन्तिम खेलमा बंगलादेशले १९।३ ओभरमा अल आउट हुँदै १०६ रन बनाएको थियो।
बंगलादेशका लागि शाकिब अल हसनले २२ बलमा १७ रन जोडे। उनले यस क्रममा २ चौका प्रहार गरे।
त्यस्तै, रन आउट हुनअघि मोहम्मदुल्लाहले १३ बलमा १३ रन बनाएका थिए। उनले पनि दुई चौका प्रहार गरे।
रिसाद होसेनले ७ बलमा १३ रन बनाए। उनले १ चौका र १ छक्का प्रहार गरे।
जाकेर अलीले २६ बलमा १२ रन जोडे। त्यस्तै, ओपनर लिट्टन दासले १२ बलमा १० रनको योगदान दिए।
आजको खेलमा सन्दीप लामिछानेले टी–२० अन्तर्राष्ट्रियमा कीर्तिमानी १ सयौँ विकेट पूरा गरेका छन्। अफगानिस्तानका रासिद खानपछि उनले सबैभन्दा चाँडो यो उपलब्धि हासिल गरेका हुन्।
४ ओभर बलिङ गर्दै सन्दीपले २ विकेट लिए। यस क्रममा उनले एक मेडेन राख्दै मात्र १७ रन खर्चिए।
कप्तान रोहित पौडेलले पनि ४ ओभर बलिङ गर्दै २ विकेट हात पारे।
दीपेन्द्र सिंह ऐरीले ३.२ ओभर बलिङ गर्दै २ विकेट लिए। उनले मात्र २२ रन खर्च गरे।
सोमपाल कामीले खेलको पहिलो बलमा नै विकेट लिएका थिए। उनले ३ ओभर बलिङ गर्दै २ विकेट लिए। उनले १० रन मात्र खर्चिए।


