काठमाडौँ– आईसीसी टी-२० विश्वकप २०२४ को सुपर-८ मा पुग्ने सबै टोलीको टुङ्गो लागेको छ।
सोमबार बंगलादेशले नेपाललाई २१ रनले हराएर सुपर-८ मा पुगेको हो। बंगलादेश ४ खेलमा ६ अंकका साथ दोस्रो स्थानमा रहँदै सुपर–८ मा पुग्न सफल भएको हो।
बंगलादेशसँगै ग्रुप-१ बाट भारत, अष्ट्रेलिया, अफगानिस्तान सुपर-८ मा पुगेका हुन्। ग्रुप-२ मा अमेरिका, इंग्ल्यान्ड, वेस्ट इन्डिज र दक्षिण अफ्रिका छन्।
दुवै समूहबाट शीर्ष दुई-दुई टोली सेमिफाइनलमा पुग्नेछन्। सेमिफाइनल २७ जुनमा हुनेछ। फाइनल २९ जुनमा हुने तय भएको छ।
सेमिफाइनल र फाइनलको रिजरर्भ डे राखिएकाले वर्षा भएपनि अर्को दिन पर्खेर खेल खेलाइनेछ। सेमिफाइनलसम्मका खेल भने वर्षाले प्रभावित भएमा दुवै अंक बाँढ्छन्।
सुपर–८ का खेल १९ जुनदेखि २५ जुनसम्म वेस्ट इन्डिजमा हुनेछन्।
समूह डीमा रहेको नेपाल ४ खेलमा १ अंकका साथ चौथो स्थानमा रहेर बाहिरिएको छ।


