काठमाडौं– त्रिवि शिक्षण अस्पतालमा उपचार गराएर बिसेक नभएपछि थप उपचारका लागि गत ६ वैशाखमा भारतको नयाँ दिल्ली गएका राष्ट्रपति रामचन्द्र पौडेल आइतबार राती स्वदेश फर्किएका छन्।
राष्ट्रपति पौडेललाई श्री एयरलाइन्सको विमानमार्फत थप उपचारका लागि जहाजमार्फत नयाँ दिल्ली लगिएको थियो। राष्ट्रपति पौडेल भारतमा १२ दिनको उपचारपछि गए राती स्वदेश फर्किएका हुन्।
स्वास्थ्योपचारपछि आइतबार राती सरकारी ध्वजावाहक नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किएका हुन्। उनको भारतको नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार भएको थियो।
राष्ट्रपति पौडेललाई पेट दुख्ने, छातीमा पानी जम्नेलगायत समस्या देखिएका थिए।


