काठमाडौँ- काठमाडौँको बलम्बु-सिस्नेखोला सुरूङमार्गलाई त्रिभुवन राजमार्गसँग जोड्न बलम्बुमा फ्लाइओभर निर्माणको काम धमाधम भइरहेको छ।
राजमार्गबाट सुरूङमार्गतर्फ सवारी साधन मोडिँदा ट्राफिक जाम हुन सक्ने भएकोले फ्लाइओभर निर्माण गरिएको हो।
अबको एक वर्षभित्र सवारी साधन चलाउने गरी काम भइरहेको नागढुंगा–सिस्नेखोला सुरुङ निर्माण आयोजनाका उपआयोजना निर्देशक गोविन्द दुमरूले जानकारी दिए।
यो फ्लाइओभरको लम्बाइ १२८ मिटरको र चौडाइ ७ मिटरको हुनेछ।










तस्बिर : नेपाल फोटो लाइब्रेरी


