काठमाडौँ- टी–२० विश्वकप २०२४ को सुपर–८ मा अफगानिस्तानले अष्ट्रेलियालाई १४९ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ६ विकेट गुमाउँदै १४९ रनको लक्ष प्रस्तुत गरेको हो।
ओपनरद्वय रहमानुल्लाह गुर्बाज र इब्राहिम जद्रानको अर्धशतक बनाएका थिए। उनीहरुकै मद्दतमा अफगानिस्तानले १४८ रन बनाएको हो।
गुर्बाजले ६० र जद्रानले ५१ रन बनाएर आउट भए। करिम जन्नतले १३ र मोहम्मद नाबीले १० रनको योगदान गरे। अरु ब्याटर चलेनन्।
अष्ट्रेलियाका प्याट कमिन्सले तीन, एडम जाम्पाले दुई तथा मार्कस स्टोनिसले एक विकेट लिए।
अफगानिस्तान सुपर–८ को पहिलो खेलमा इन्डियासँग पराजित भएको थियो भने अष्ट्रेलियाले बंगलादेशलाई पराजित गरेको थियो।


