काठमाडौँ- अमेरिकालाई पराजित गर्दै इङ्ल्याण्ड जारी आईसीसी टी-२० विश्वकप क्रीकेटमा सेमिफाइनलमा प्रवेश गरेको हो।
गएराती भएको खेलमा अमेरिकालाई १० विकेटले पराजित गर्दै इङ्ल्याण्ड सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको हो।
इङ्ल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अमेरिका १८.५ ओभरमा १ सय १५ रन बनाउँदा अलआउट भयो।
अमेरिकाले दिएको १ सय १६ रनको लक्ष्य इङ्ल्यान्ड ले ९.४ ओभरमा विकेटको क्षतिबिनै भेट्टायो। इङ्ल्याण्डका ओपनर जोस बटलर ८३ र फिल साल्टले २१ रन जोड्दै अविजित रहे।
त्यसअघि पहिला ब्याटिङ गरेको अमेरिका १८ ओभर ५ बलमा ११५ रनमा समेटिएको थियो। अमेरिकालाई सस्तोमा समेट्न इङ्ल्याण्डका क्रीस जोर्डनले ह्याटि्रकसहित ४ विकेट लिएका थिए।
ब्याटिङमा अमेरिकाका नितिश कुमारले सर्वाधिक ३० रन जोडे। यो हारसँगै अमेरिकाले विश्वकपको यात्रा सकाएको छ। सुपर-८ मा जितबिहिन हुँदै अमेरिका विश्वकपबाट बाहिरिएको हो।
यो ग्रुप (ग्रुप-२) बाट इङ्ल्याण्ड सेमिफाइनलमा प्रवेश गर्दा दोस्रो टोलीको भने टुंगो लागेको छन्। २ खेलबाट ४ अंक जोडेको दक्षिण अफ्रिका र २ खेलबाट २ अंक जोडेको वेस्ट इन्डिजबिचको खेलको नतिजाले सेमिफाइनल खेल्ने टोलीको टुंगो लाग्नेछ।
आयोजक अमेरिकाविरुद्ध सानदार जित दर्ता गर्दै इङ्ल्यान्ड आईसीसी टी-२० विश्वकप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ।


