काठमाडौँ- त्रिवि क्रिकेट मैदानमा भइरहेको एसीसी प्रिमियर कपको फाइनल खेल आजका लागि स्थगित भएको छ।
सोमबार टस जितेर बलिङ रोजेको नेपालले २७.३ ओभर खेल्दा वर्षा सुरु भएपछि रोकिएको थियो। मंगलबार रोकिएकै स्थान (२७.४ ओभर) बाट सुरु हुने क्यानले जानकारी दिएको छ।
एसीसी कपको फाइनलमा नेपाल र युएई पुगेका छन्। सोमबारको खेलमा युएईले ९ विकेट गुमाएर १०६ रन बनाएको छ।


