काठमाडौँ- नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले कलंकी-चाबहिल सडकखण्ड विस्तारका लागि दबाबयात्रा सुरु गरेका छन्।
सडक विस्तारको काम तुरून्त अघि बढाउनुपर्ने मागसहित सांसद पौडेलको अगुवाइमा सामूहिक दबाबयात्रा गरिएको हो।
शनिबार बिहान ७:३० बजे कलंकीबाट सुरु यात्रा कंलकी–स्वयम्भु–ठूलोभञ्याङ–बसपार्क-बसुन्धरा हुँदै धोबीखोला (चाबहिल) पुगेको थियो।
दबाबयात्रामा साथ दिन काठमाडौँ सांसद सन्तोष चालिसे, राजेन्द्रकुमार केसी, कांग्रेस केन्द्रीय सदस्य नानु बास्ताेला पनि सहभागी थिए।
















तस्बिर : नेपाल फाेटाे लाईब्रेरी
