काठमाडाैँ- जर्जियालाई ४-१ को फराकिलो अन्तरले हराउँदै स्पेन युरो कप -२०२४ को क्वाटरफाइनल प्रवेश गरेको छ।
जर्मनीको कोल्नमा भएको खेलमा स्पेनले ४-१ को जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनाएको हो।पोर्चुगललाई हराएर सनसनी मच्चाउन सफल जर्जियाले स्पेन विरुद्ध पनि सुरुवाती अग्रता लिएको थियो।
खेलको १८ औं मिनेटमा आत्मघाती गोल मार्फत जर्जिया अघि बढेको थियो तर खेलको ३९ औं मिनेट स्पेनका रोड्रीले गोल गर्दै स्पेनलाइ बराबरिमा लगे।
दोस्रो हाफको ५१ औं मिनेटमा रुइजले गोल गर्दै स्पेनलाई २-१ को अवस्थामा पुर्याए।
खेलको ७५ औं मिनेटमा विलियम्सले स्पेनको लागि गोल गर्दै अग्रता थप फराकिलो पारे। दोश्रो हाफपछी आक्रमक देखिएको स्पेनले ८३ औं मिनेटमा चौथो गोल गर्यो। स्पेनको लागि ओल्मोले तेश्रो गोल गर्दै टिमलाइ ४-१ को जित दिलाए।
अब स्पेनले क्वाटरफाइनलमा जर्मनीको सामना गर्नेछ।


