काठमाडौं- प्रिमियर कपको फाइनल खेलमा खराब सुरुआत गरेको नेपालले लगातार तेस्रो विकेट पनि गुमाएको छ। त्रिवि मैदानमा नेपालका ओपनर द्वय कुशल भुर्तेल र आसिफ शेख आएट भएका हुन्। उनले ९ बलमा एक रन मात्र बनाए।
नेपालका ओपनर कुशल भुर्तेल त दोस्रो ओभरमै आउट भएका थिए। उनले आठ रन मात्र बनाए। त्यस्तै, खेलको तेस्रो नम्बरमा मैदान प्रवेश गरेका गुल्सन झा भने मैदानमा टिकेर खेलिरहेका छन्। यता, आसिफ शेख भने १० बलमा आठ रन बनाएर आउट भए।
नेपालविरुद्ध अहिलेसम्म रोहन मुस्तफाले दुई विकेट लिएका छन् भने आयान खानले एक विकेट गिराएका छन्। नेपालले ११८ रनको लक्ष्य पछ्याइरहेको छ।
एसीसी प्रिमियर कप अन्तर्गतको फाइनल खेल सोमबार वर्षाका कारण अवरुद्ध भएपछि मंगलबार भएको हो।


