काडमाडौँ- नेपाली कांग्रेसले गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीमा मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा फोटो प्रदर्शनी गरेको छ।
पूर्वप्रधानमन्त्री तथा कांग्रेसका पूर्वसभापति स्वर्गीय कोइरालाको १००औँ जन्मजयन्ती को अवसरमा ‘क्रान्तिदेखि शान्तिसम्म’ ऐतिहासिक तस्बिर प्रदर्शनी गरिएको हो।
प्रदर्शनी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कार्यक्रम उद्घाटन गरेपछि सुरु भएको हो।
गिरिजाको फोटो प्रदर्शनीमा एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री पुष्पकमल दाहाललगायतका शीर्ष नेताहरू पुगेका छन्।
प्रदर्शनीस्थल पुगेका नेताहरूलाई कांग्रेस सभापति देउवालगायतका नेताहरूले स्वागत गरिरहेका छन्।
































