काठमाडौँ — काठमाडौंको सोह्रखुट्टे-बालाजु सडक भासिएको छ।
बुधबार सोह्रखुट्टे—बालाजु सडक खण्डमा करिब ११ फिट गहिरो खाल्डो परेको हो।
सडक भासिएसँगै यातायात आवागमनमा बाधा पुगेको छ।
काठमाडौं महानगरपालिका-१६ नयाँबजारस्थित कुमारीटोलको गेट अगाडि परेको खाल्डोमा एउटा मोटरसाइकल समेत खसेको थियो।
अहिले भासिएको ठाउँमा घेरा हालेर मर्मतको तयारी गरिएको छ।









