काठमाडौँ- काठमाडौँको बल्खुस्थित तरकारी बजार डुबानमा परेको छ।
बागमती नदीमा आएको बाढी तरकारी बजारतिर छिरेको हो।
बाढीले फलफूल र तरकारी बगाएको छ।
तरकारी ढुवानी गर्ने ट्रकसमेत बाढीले बगाएको छ।
बाढी छिरेपछि व्यवसायीले तरकारी तथा फलफूल सुरक्षित स्थानमा सारेका थिए।
बल्खुको तरकारी बजार बर्सेनि बर्खामा डुबानमा पर्छ।











