काठमाडौँ- शाही युवा शक्ति नेपालले नारायणहिटी दरबार संग्रहालय अघि पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सव कार्यक्रम गरेको छ।
पूर्वराजा ज्ञानेन्द्रको ७८औँ जन्मोत्सवका अवसरमा कार्यक्रम गरेको हो।
कार्यक्रममा तेस्रोपटक गद्दी आरोहणको कामना पनि गरिएको छ।
२००४ साल असार २३ गते जन्मिएका ज्ञानेन्द्र २००७ सालमा राजा त्रिभुवन र अन्य राजपरिवार सदस्यहरू भारतमा शरण लिएको बेला तत्कालीन प्रधानमन्त्री मोहन शमशेरले वि.सं. २००७ कात्तिक २२ गते राजा घोषणा गरेका थिए।
उनी २००७ फागुन ७ सम्म हजुरबुबा त्रिभुवन नेपाल नफर्किएसम्म राजगद्दीमा बसेका थिए।
२०५८ जेठ १९ गते नारायणहिटी दरबारभित्र भएको नरसंहारमा राजा वीरेन्द्रलगायत तत्कालीन राजपरिवारका अधिकांश सदस्यको इहलीला सकिएपछि जेठ २२ मा उनलाई दोस्रो पटक राजा घोषणा गरिएको थियो।
उनी २०५८ जेठ २२ गतेदेखि २०६५ जेठ १५ सम्म अर्थात् ६ वर्ष ३५९ दिन राजा भएका थिए। नेपाललाई गणतन्त्र घोषणा गरिएपछि ज्ञानेन्द्रले राजगद्दीसँगै नारायणहिटी पनि छाडेका थिए। उनलाई तत्कालीन सरकारले निर्मल निवासमा बसोबासको व्यवस्था गरेको थियो।



े
े










