२०८३ साउन १३ गते बुधबार

बाटोमा जे-जे देखियो [२० तस्बिर]

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख १९
SS-MALEKHU2

काठमाडौँ- वर्षायाम सुरु भएसँग बाटो बिग्रने क्रम पनि सुरु भएको छ। बिग्रिएको सडकमा यात्रा गर्दा दुर्घटनाको जोखिम बढी हुन्छ।

सोमबार दिउँसो धादिङको धुनिवेशी नगरपालिका–६ र थाक्रे गाउँपालिका वडा नं ८ को सिमाना जोड्ने गणेश खोला पुलको मुखमा जमिन भासियो। आज बिहान १० बजेसम्म सवारी आवागमन ठप्प रह्यो।

सयौँ सवारी बाटोमै अलपत्र रोकिए। कति यात्रुले भोकनिन्द्रा भन्न पाएनन् गन्ती छैन। एम्बुलेन्स पनि बाटैमा रोकियो। बाटो बिग्रँदा हुने सास्तीका विषयमा जानकार हुन बाँकी सायदै होला, तर सडक सुधारमा पर्याप्त चासो भने केन्द्रित भएको छ।

देशभरका विभिन्न स्थानको बाटो र बाटोमा आवतजावत भएका दृश्यलाई विभिन्न स्थानबाट राससका पत्रकारहरूले खिचेका दृश्य हेरौँ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केस्थित गणेशखोला पुलको मुखमा जमिन भासिएर आउजाउ रोकिएपछि गजुरी गाउँपालिकाको जरेखेल र आदमघाट क्षेत्रमा रोकिएको सवारीको लाइन। धुनिबेसी नगरपालिका–६ र थाक्रे गाउँपालिका–८ जोड्ने पुलमा सोमबार दिउसोेदेखि १८ घण्टा भन्दा बढी सवारी आवागमन ठप्प थियो। मंगलबार बिहान १० बजेसम्म सवारी एकतर्फी खुलाईए पनि साँझसम्म नै टाढा टाढादेखि थुप्रिएका सवारीको चापले पृथ्वी राजमार्ग अस्तव्यस्त नै रह्यो। तस्बिर: शंकर श्रेष्ठ / रासस

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर–६, नेताचोकमा सडकको स्तरोन्नति गरिँदै। वर्षायाम सुरु हुनु पूर्व नै सडक स्तरोन्नतिको काम सम्पन्न गर्ने लक्ष्यका साथ काम धमाधम भइरहेको छ। तस्बिर: सुरेश आचार्य/रासस

धनकुटाको सहिदभूमी गाउँपालिका वडा नं २ स्थित अखुवाटारका किसानले अरुण नदी किनारमा लगाएको बाँस। यहाँ कृषकले बाँस प्रतिघना रु ४० देखि रु ५० सम्ममा बिक्री गर्ने गर्छन्। यस क्षेत्रमा उत्पादित बाँस डुङ्गामार्फत सुनसरीको चतरामा निकालेर तराईका बजारहरुमा बेच्ने गरिन्छ। तस्बिर: नारायणकुमार राई/रासस

बागलुङको तमानखोला गाउँपालिका–३ स्थित तमान गाउँ। तस्बिर : डम्मर बुढा मगर/रासस

काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर नगरपालिका वडा नं १ रुप्सेटारमा विसं २०७४ देखि नै नगरपालिकाले बजेट विनियोजन गर्दै आएको नयाँपाटी उकालो (कारखाना) बाट वाग्मती नदी हुँदै भद्रवास निस्कने सडकको दूरावस्था। नगरपालिकाले उपभोक्ता समिति गठन गरेर सडकको काम दिने गरेपनि काम भने गुणस्तरीय हुन नसक्दा यात्रु एवं स्थानीयवासी वर्षामा हिलो र हिउँदमा धुलोले पीडित हुने गरेका छन्। तस्बिर : पूर्णप्रसाद मिश्र/रासस

भेरी नगरपालिका–२ रिसाङबाट उपचारका लागि स्टेचरमा बोकेर बिरामीलाई जाजरकोट अस्पताल ल्याइँदै। तस्बिर: हेमन्त केसी/रासस

काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर नगरपालिका वडा नं १ रुप्सेटारमा विसं २०७४ देखि नै नगरपालिकाले बजेट विनियोजन गर्दै आएको नयाँपाटी उकालो (कारखाना) बाट वाग्मती नदी हुँदै भद्रवास निस्कने सडकको दूरावस्था। नगरपालिकाले उपभोक्ता समिति गठन गरेर सडकको काम दिने गरेपनि काम भने गुणस्तरीय हुन नसक्दा यात्रु एवं स्थानीयवासी वर्षामा हिलो र हिउँदमा धुलोले पीडित हुने गरेका छन्। तस्बिर : पूर्णप्रसाद मिश्र/रासस

पासाङल्हामु मार्ग अन्तर्गत रसुवाको गोसाइँकुण्ड-६ ब्रावलभीरमा ढलान गरेर निर्माणाधीन सडक। तस्बिर: ज्ञानेन्द्र न्यौपाने/रासस

प्युठानको ऐरावती गाउँपालिका-६ बिजुलीमा खानेपानी भर्न लामबद्ध स्थानीय महिला। यो क्षेत्रमा खानेपानीको समस्या हुँदा एक गाग्री पानी लिन दुई घण्टासम्म हिड्नु पर्ने बाध्यता रहेको छ। तस्बिर: शशिधर भण्डारी/रासस

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धुनिवेशी नगरपालिका–६ र थाक्रे गाउँपालिका–८ को सिमाना जोड्ने गणेश खोला पुल। पुलको एकातर्फको जमिन भासिएपछि सोमबारदेखि यातायात सेवा अवरुद्ध रहेकोमा १८ घण्टापछि एकतर्फी रुपमा यातायात सञ्चालनमा आएको छ। तस्बिर: शंकर श्रेष्ठ/रासस

सशस्त्र प्रहरी बल नेपाल १५ नं. गण हेडक्वाटर पाँचखाल स्थापनाको २१औं वार्षिकोत्सवको अवसरमा मङ्गलबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं ५ स्थित चण्डेश्वरी मन्दिर प्राङ्गण सरसफाई गर्दै सशस्त्र प्रहरीलगायत। तस्बिर: पेमा लामा/रासस

मेलम्ची-११ खानेपानी कार्यालय नजिकै मङ्गलबार बिहान दुर्घटनामा परेको गिट्टी बोकेको टिपर। दुर्घटनामा मानविय क्षति नभएको प्रहरीले जनाएको छ। तस्बिर : देवराज सुवेदी/रासस

मनाङ ङिस्याङ गाउँपालिका-४ हुम्डेमा सडक बिस्तारका क्रममा गिट्टी कुट्दै गरेका गोरखाबाट आएका कामदारहरु। मनाङको चिसोमा गिट्टी कुट्न गाह्रो हुने उनिहरु बताउँछन्। तस्बिर: नवीन लामिछाने/रासस

ताप्लेजुङमा अवस्थित पाथीभरा मन्दिरमा पूजापाठपछि भरियाको सहयोगमा गन्तव्यतर्फ फर्कँदै एक भक्तजन। पाथीभरा धाम पुग्न पाँच किलोमिटर उकालो पैदलमार्ग हिँड्नुपर्छ। हिड्न नसक्ने भक्तजनलाई भरियाले रकम लिएर बोकेर आउजाउ गराउने गर्दछन्। तस्बिर: दिलकुमार लिम्बू/रासस

चराउनका लागि भरतपुरको बाइपासरोडस्थित आन्तरिक राजस्व कार्यालय अगाडिको सडक छेउबाट लैजाँदै गरेका भैँसी। व्यस्त सडकमा घरपालुवा जनावर हिँडाउँदा दुर्घटनाको जोखिम हुने गर्छ। तस्बिर: सनद अधिकारी/रासस

चराउनका लागि भरतपुरको बाइपासरोडस्थित आन्तरिक राजस्व कार्यालय अगाडिको सडक छेउबाट लैजाँदै गरेका भैँसी। व्यस्त सडकमा घरपालुवा जनावर हिँडाउँदा दुर्घटनाको जोखिम हुने गर्छ। तस्बिर: सनद अधिकारी/रासस

दार्चुलाको ब्याँस गाउँपालिका–१ मा मङ्गलबार दिउँसो हिमपहिरोमा परी यार्सागुम्बा खोज्न गएकाहरू बेपत्ता भएपछि उद्धारमा खटिएका सशस्त्र प्रहरी बल नेपाल (नम्बर ५० गुल्म छाङरु)को टोली। बेपत्ता ५ जना (चार महिला र एक पुरुष)को खोजी जारी छ। तस्बिर : सशस्त्र प्रहरी बल

दार्चुलाको ब्याँस गाउँपालिका–१ मा मङ्गलबार दिउँसो हिमपहिरोमा परी यार्सागुम्बा खोज्न गएकाहरू बेपत्ता भएपछि उद्धारमा खटिएका सशस्त्र प्रहरी बल नेपाल (नम्बर ५० गुल्म छाङरु)को टोली। बेपत्ता ५ जना (चार महिला र एक पुरुष)को खोजी जारी छ। तस्बिर : सशस्त्र प्रहरी बल

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)काे कावासाेतीमा दुर्घटनामा परेकाे जिप। दुर्घटनामा परि दुई जना घाईते भएका छन्। तस्बिर:विष्णुप्रसाद गाैडेल / रासस

तारकेश्वर नगरपालिका वडा नं ९ स्थित मनमैजु सडक किनारामा थ्रेसर मेसिनको सहयोगमा गहुँ चुट्दै किसान। तस्बिर :हरिराम भेटुवाल/रासस

प्रकाशित: २०८० बैशाख १९ गते मङ्गलबार १०:०१
प्रतिक्रिया

थप समाचार

दोस्रो दिन पनि चिकित्सकहरूको आन्दोलन जारी, देशभर आकस्मिकबाहेक सबै सेवा ठप्प

काठमाडौँ: नेपाल चिकित्सक सङ्घले बुधबार पनि देशभरका सरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक (इमर्जेन्सी) बाहेकका सबै स्वास्थ्य सेवा बन्द गरेको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक...

३ वर्षमा सकिनुपर्ने रसुवागढी एकीकृत भन्सार भवन १० वर्षसम्म अधुरै (फोटोफिचर)

रसुवागढी नाकामा निर्माणाधीन एकीकृत भन्सार भवन ३ वर्षभित्र सक्ने गरी २०७३ सालमा सम्झौता भएकोमा १० वर्ष भइसक्दा पनि निर्माण सकिएको छैन।

सानेपामा श्रावण मेला सुरु: मेहेन्दी, भजन कन्सर्ट र श्रृंगारका स्टलमा दर्शकको आकर्षण

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा श्रावण ९ र १० गते दोस्रो संस्करणको ‘श्रावण मेला’ अन्तर्गत ‘बिगेस्ट मेहेन्दी भेला’ सुरु भएको छ। क्लासिक्स प्रोजेक्ट्सको आयोजनामा ‘पवित्र महिनाको...

आहा ! भाङ्गे झरना (फोटोफिचर)

रसुवाको उत्तरगया गाउँपालिका–२ मा स्थित भाङ्गे झरना । चीनसँग जोडिने बेत्रावती–मैलुङ–स्याफ्रुवेंशी–रसुवागढी सडकखण्डमा पर्ने यो झरना १ सय ८१ मिटर अग्लो छ । 

देखिन छाडे नगर प्रहरी, सडक व्यापारीले भरियो न्युरोडको फुटपाथ [फोटो]

केही दिनअघिसम्म काठमाडौँ महानगरपालिकाका नगर प्रहरी नियमित रूपमा सडकमा खटिएर न्युरोडलगायतका क्षेत्रमा फुटपाथ अतिक्रमण नियन्त्रण गरिरहेका देखिन्थे। दिउँसोको समयमा फुटपाथमा पसल राख्न महानगरले...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना