काठमाडौँ- काठमाडौँ उपत्यकाका पुराना र विस्तारित बजारमा अहिले जताततै ‘टु-लेट’ मात्र देखिन थालेको छ।
मुख्य व्यापार हुने क्षेत्रका भवनमा अहिले व्यापारिक र अफिसका बोर्ड कम, टु-लेट बोर्ड देखिन थालेको हो।
भव्य देखिने धेरै व्यापारिक मल अहिले सुनसान जस्तै छन्।
सटरमा फोन नम्बरसहित ‘टु लेट’ र ‘भाडामा’ लेखेका बोर्डहरु प्रशस्तै देखिन्छन्।
सानादेखि ठुला सबै व्यापार अहिले पहिलाको भन्दा न्यून नै छ भन्दा हुन्छ। राजधानीका सपिङ मलहरु कुनै बेला हप्ताको सातै बार भिडभाड हुने गर्दथ्यो। तर अहिले सुनसान मात्र देखिन्छन्।














मनिष अर्याल : नेपाल फोटो लाइब्रेरी


