२०८३ कार्तिक १७ गते सोमबार

सुत्केरी हुँदा पनि कन्दमूलको भरमा बाँचेकी सन्तमाया र खेतीमा रमाउँदै वनकरिया समुदाय

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २६
ssf

हेटौँडा- यहाँको मनहरि गाउँपालिका–४ मुसेधापकी सन्तमाया वनकरिया बिहान उठेर भैँसी दुहुने र घाँस कुँडो गरिसकेपछि बाख्रा चराउन लैजान्छिन्। १८ वर्ष अघिसम्म वन केराको पातले छाएको झुपडीभित्र कन्दमूल खाएर जीवन निर्वाह गरेको ती दिन उनले विर्सेकीछैनन्। तर, उनी अहिलेको जीवनमा रमाइरहेकी छिन्।

खेती गर्ने र अन्न भित्र्याएर भात खाने सपनासमेत नदेखेका उक्त समुदाय अहिले रोपाइँको चटारोमा छन्। कहिले खनिउँ, निगुरो र माछा मारेर जीविका चलाएको सन्तमायाले सुत्केरी हुँदा पनि कन्दमूलको भरमा बाँच्नुपरेको स्मरण गरिन्। विगत सम्झँदै उनी भन्छिन्, “हामीले चामलको भात खान पाएको १८ वर्षमात्र भयो, त्योभन्दा अगाडि त वनमा जे भेट्यो त्यही खायो, खेतबारी नि थिएन किसानी गर्न जानिएको पनि थिएन।”

मान्छे देख्दा डरले भाग्ने आफूहरु अहिले बस्तीमा बस्ने र खेतीपाती गर्ने भएको सम्झिँदा उनी आफै छक्क पर्छिन्। “योभन्दा स्वर्ग अरु हुन्न”, उनले भनिन्। हाल बिताइरहेको जीवनशैलीबाट आफूहरु सन्तुष्ट रहेको उनको भनाइ छ।

वनकरिया समुदायको मुखियासमेत रहेकी उनलाई आफ्नो जवानीको दिनहरु जङ्गलमा जङ्गली मान्छेजस्तो भएर बिताउन बाध्य भएको सम्झना आउने गर्छ। सरकारले आफूहरुलाई खोजेर बस्तीमा राख्दासम्म सामाजिक जीवनको बारेमा जानकारी नभएको बताउने सन्तमाया अहिले सुखदुःखका कथा अरुलाई सुनाएर जीवन बाँच्न प्रेरणा दिने गर्छिन्।

तर, हालसम्म आफु बसेको जग्गाको स्वामित्व नपाएका कारण उनी दुःखी छिन्। अठार वर्षदेखि खनीखोस्री गरेको जमिनमा पसिनासँगै जीवन जोडिएको उनी बताउँछिन्।

समुदायमा आउनु अगाडि जङ्गली कन्दमूलको सहारामा जीवन बिताउने वनकरिया समुदाय पछिल्ला वर्षहरुमा क्रमशः परिवर्तन हुँदै गएका छन्। आधुनिक जीवनोपयोगी सीपसँग टाढा रहेका वनकरिया समुदाय हाल कृषि र उद्यममा आत्मनिर्भर बन्ने प्रयासमा छन्। वनकरिया समुदायको गोठमा भैँसी, बाख्रा, कुखुरालगायतको पशुपन्छी छन् भने उनीहरुले दूध, दही, घ्यू, कुखुरा र खसी बेच्नुको साथै प्राचीनकालदेखि गर्दै आएको माछा मार्ने कामलाई निरन्तरता दिइरहेका छन्।

सोही बस्तीकी सुन्तली वनकरियाले खेतीपातीबाट छ महिनाभन्दा बढी खान पुग्ने र बाँकी समय सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताले सहज बनाएको बताउँछिन्। उनका अनुसार यीबाहेक समुदायको महिला मिलेर साबुन बनाउने काम थालेका छन्। त्यसले पनि आम्दानी हुन थालेको उनले बताइन्। सरकारले प्रति व्यक्ति मासिक चार हजार सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ। वनमा बस्दा खेतीपातीमा मजदुरीको काम पाउनसमेत गाह्रो हुने गरेकामा अहिले खेती गर्न पाउँदा खुसी लागेको उनी बताउँछिन्।

वनकरिया समुदायबाट पाँच किशोरी र एक किशोरले एसइई परीक्षा उत्तीर्ण गरिसकेका छन्। दुई जना किशोरी प्राविधिक क्षेत्रमा लागेका छन्। वनकरिया समुदायबाट पहिलोपटक एसएलसी परीक्षा विसं २०७२मा उत्तीर्ण गरेकी पम्फा वनकरिया ‘ल्याब असिस्टेन्ट टेक्निसियन’ विषय अध्ययन गरी हाल मनहरीको रजैयामा ल्याब असिस्टेन्ट पदमा काम गरिरहेको मुखिया सन्तमायाले जानकारी दिइन्।

त्यसैगरी दुई जनाले हाल हेटौँडामा रहेर पत्रकारिता अध्ययन गरिरहेका छन्। मातृसत्तात्मक समाज रहेको यस समुदाय हाल परिवर्तनउन्मुख देखिएको छ। ‘वनकरिया’ नेपालको सबैभन्दा थोरै जनसङ्ख्या भएको आदिवासी जनजातिमध्येको एक जाति हो। उनीहरुको सङ्ख्या दैलेखमा फिरन्ते जीवन गुजारिरहेका राउटेको भन्दा कम छ। मकवानपुरको मनहरि गाउँपालिका–४ मसिने नजिक मुसेधापमा बसोबास गर्ने यो समुदाय लोपोन्मुख जाति हो। हाल यहाँ २२ घरधुरीमा ९२ जना वनकरिया बसोबास गर्छन्।

लोपोन्मुख जाति वनकरियाको बसोबास रहेको यो मुलुककै एकमात्र गाउँपालिका र एकमात्र वडा हो। यहाँका वनकरियाले आफ्नो राष्ट्रिय परिचयपत्र बनाउनुका साथै दुई पटकसम्म चुनावमा भोट हाल्नसमेत पाएका छन्। तर, २० वर्षको सम्झौता गरेर सरकारले बस्तीमा राखेका उनीहरु बसेको १८ वर्ष बित्दासमेत् स्थायीरुपमा बसोबास गर्ने जग्गाको स्वामित्व नपाएकामा उनीहरुको गुनासो छ।

प्रकाशित: २०८१ असार २६ गते बुधबार ०८:२२
प्रतिक्रिया

थप समाचार

शे–फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

सुर्खेत । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट शे–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको फोक्सुन्डो तालतर्फ फर्किंदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन...

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना