काठमाडौँ- अर्जेन्टिनाले सोह्रौँ पटक कोपा अमेरिकाको उपाधि जितेको छ।
अमेरिकाको मियामीस्थित हार्ड रक स्टेडियममा सम्पन्न फाइनल खेलमा अर्जेन्टिनाले कोलम्बियालाई हराउँदै उपाधि चुमेको हो।
अर्जेन्टिनाले कोलम्बियालाई १-० गोलअन्तरले पराजित गरेको हो।
लाउटारो मार्टिनेजले अतिरिक्त समयमा गोल गरेसँगै अर्जेन्टिनाले १६औं पटक कोपा अमेरिकाको उपाधि जितेर कीर्तिमान रचेको हो।
अर्जेन्टिनाको जितमा मार्टिनेजले खेलको ११२औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।
यसपालिको कोपामा मार्टिनेजले पाँचौ गोल हो। उनले जियोवानी लो सेल्सोको पासमा गोल गरेका हुन्। खेलको ९७औं मिनेटमा एलेक्सिस म्याक एलिस्टरको स्थानमा सेल्सो मैदान प्रवेश गरेका थिए।
यसअघि अर्जेन्टिनाले सन् १९२१, १९२५, १९२७, १९२९, १९३७, १९४१, १९४५, १९४६, १९४७, १९५५, १९५७, १९५९, १९९१, १९९३ र २०२१ मा कोपाको उपाधि जितेको थियो।
सन् २०१६ मा सुरु भएको कोपाको पहिलो उपाधि उरुग्वेले जितेको थियो।
उपविजेता बनेको कोलम्बियाले यसअघि २००१ मा कोपाको उपाधि चुमेको थियो। कोलम्बियाले एक पटक मात्र कोपा उपाधि जितेको छ।
