काठमाडौँ– काठमाडौँ महानगरको सहयोगमा गरिएको कालोपत्र ११ दिनमै उप्किएको छ।
वडा नम्बर २१ स्थित श्रीधरनारायण मन्दिर, गोफल अगाडि (लगन जाने बाटो)मा कालोपत्रे गरिएको ११ दिनमा ठाउँठाउँमा उप्किएको हो।
कालोपत्रे गरिएको सडकमा साता दिन नवित्दै ठाउँ ठाउँमा खाल्डो परेर पानी जम्न थालेको छ।
असारे बजेट सकाउन हतारहतार पानी परिरहेका बेला सडक कालोपत्रे गरिएकोले सडकको दुरवस्था भएको स्थानीयको दाबी छ।


