काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन्। उनले बुधबार मन्त्रिपरिषद् विस्तार गरेका हुन्।
राष्ट्रपति कार्यालयकाअनुसार प्रचण्डको क्याबिनेटमा तीन जना मन्त्री थपिएका हुन्। कांग्रेस उपसभापति धनराज गुरुङ कानूनमन्त्री बनेका छन्।
यस्तै मोहनबहादुर बस्नेतले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् भने डिगबहादुर लिम्बूले युवा तथा खेलकुद मन्त्रालय सम्हाल्ने भएका छन्।
यसअघि कांग्रेसबाट पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, प्रकाशशरण महत अर्थ, एनपी साउद परराष्ट्र, रमेश रिजाल वाणिज्य र सीता गुरुङ शहरी विकासमन्त्री बनेका थिए।



