काठमाडौँ- नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट जडान गर्ने निर्णय गरेको छ।
सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले कीर्तिपुर क्रिकेट मैदानमा प्यारापिट पनि बनाउने निर्णय गरेको हो। रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्ने सरकारको निर्णय आएको हो।
बैठकबारे जानकारी गराउँदै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओालीले भनेका छन्, ‘पहिलो निर्णय– क्रिकेट रंगशाला! कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने, जसमा दर्शक बस्नको लागि प्यारापिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्ने लगायत आवश्यक संरचना बनाउने निर्णय भएको छ।’
तीन सय दिनमा नै उक्त काम सम्पन्न गर्ने सरकारको लक्ष्य छ।


