काठमाडौँ– भिभोले भी-२७ सिरिजका स्मार्टफोन भी-२७ र भी-२७ ई सार्वजनिक गर्ने भएको छ।
भी सिरिजअन्तर्गत नयाँ भी-२७ सिरिजले आकर्षक डिजाइन, शक्तिशाली प्रदर्शन र स्मार्टफोनको अनुभव वृद्धि गर्नेलगायतका अपग्रेडका साथ नेपाली बजारमा सर्वजनिक हुने कम्पनीले बताएको छ।
उक्त सिरिजमा औरा लाइट पोट्रेट प्रणाली छ। जसले प्रोट्रेटमा एक्सपोजरलाई बढाउँछ। यसबाट कम प्रकाशको अवस्थामा पनि सटहरू खिच्न अर्थात कुनै पनि वातावरणमा रचनात्मक रूपमा विस्तृत विषयसहित आकर्षक पोट्रेट खिच्न सकिनेछ।
त्यस्तै उच्चस्तरीय १२० हर्जको कर्भ स्क्रिन र पातलो बेजेल, ठूलो डिस्प्ले, २.५डी स्क्रिनको साथमा १२० हर्ज एमोलेड डिस्प्लेसहित बजार आउने जनाइएको छ।
प्रयोगकर्ताले कार्यात्मक र व्यवहारिकमात्र नभएर दृश्यात्मक रुपमा पनि आकर्षक र उत्कृष्ट उपकरणको अपेक्षा गर्ने विश्वास रहेको छ। कम्पनीले यस सिरिजलाई चाँडै नेपालमा उपलब्ध गराउने जनाएको छ।


