काठमाडौँ– सुनको मूल्यले लगातार नयाँ रेकर्ड कायम गर्दै आएको छ। असार ३० गतेदेखि सुनको मूल्य स्थिर वृद्धि देखाउँदै आएको छ।
बुधबार, छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भएको छ, जुन मंगलबारको मूल्यभन्दा २ हजार रुपैयाँले बढी हो।
तेजाबी सुनको मूल्य पनि प्रतितोला १ लाख ४९ हजार १०० रुपैयाँमा पुगेको छ।
बुधबार चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर १ हजार ८९५ रुपैयाँमा पुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा, सुनको मूल्य प्रति औंस २ हजार ४२५ दशमलव ७८ डलरमा र चाँदीको मूल्य प्रति औंस ३० डलर ७६ पैसामा कारोबार भइरहेको छ।
नेपालमा सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारको आधारमा निर्धारण गरिएको छ।


