काठमाडौँ– काठमाडौँको बत्तीसपुतलीस्थित द द्वारिकाज होटलकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ।
९१ वर्षको उमेरमा बिहीबार उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उनको निधन भएको हो।
शुक्रबार उनको पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जनाएकाे छ ।
विगत६५ वर्षयता होटल तथा पर्यटन उद्योगमा सक्रिय श्रेष्ठले सन् १९९१ देखि पूर्ण रूपमा द द्वारिकाज् होटलको जिम्मेवारी सम्हाल्दै आएकी थिइन्।
अम्बिकाका दुई छाेरी छन्।


