काठमाडौँ- साउन महिनाको पहिलो सोमबार भगवान् शिवदर्शनका लागि पशुपतिनाथ मन्दिर परिसरमा श्रद्धालुको भीड लागेको छ।
लगातारको वर्षाका बाबजुध पनि पनि व्रतालु तथा श्रद्धालु भिज्दै/छाता ओढ्दै लामबद्ध छन्।
साउनको सोमबारलाई अत्यन्त शुभ मानिन्छ। यस वर्षको साउन महिनामा चार वटा सोमबार परेका छन्।
हरेक सोमबारमा व्रत बसेर भक्तहरू शिवको पूजा गर्छन्।


