काठमाडौँ- श्रीलंकामा जारी वुमन्स एसिया कप टी–२० प्रतियोगिताअन्तर्गत भारतले नेपाल विरुद्ध टस जितेर ब्याटिङ रोजेको छ।
आजको खेलमा पराजित भएको खण्डमा नेपाल प्रतियोगिताबाट बाहिरिनेछ।
नेपालले यसअघि दुई खेलमा एक जीत र एक हार व्यहोरेको थियो।
यूएईविरुद्ध ६ विकेटको जीत हात पारेको नेपालले पाकिस्तानविरुद्ध ९ विकेटको पराजय व्यहोरेपछि सेमिफाइनल यात्रा कठिन बनेको छ। भारतलाई जितेर मात्रै नेपाललाई पुग्दैन।
आजै भएको खेलमा पाकिस्तानले यूएईलाई १० विकेटले हरायो। यससँगै पाकिस्तानले ४ अंक जोड्न सफल भएको छ। भारत पनि ४ अंकका साथ समूहको शीर्ष स्थानमा छ।
नेपालले सेमिफाइनलमा स्थान बनाउनका लागि भारतलाई निकै फराकिलो अन्तरले हराउनुपर्ने हुन्छ।
यदि भारतले प्रस्तुत गरेको लक्ष्य नेपालले १० ओभरभित्रै पछ्याएको खण्डमा मात्रै नेपालको सेमिफाइनल यात्रा सुनिश्चित हुनेछ। अन्यथा नेपाल घर फर्किनु पर्नेछ।


