२०८३ साउन १३ गते बुधबार

नक्कली शरणार्थी मुद्दा कमजोर बनाउन प्रयास!

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख २१
sandeep rayamajhi
नक्कली शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रलोभन देखाएर रकम असुली गरेको आरोपमा पक्राउ परेका एमाले सचिव टोपमबहादुर रायमाझीका छोरा सन्दीपलाई काठमाडौँ जिल्ला अदालतमा लगिँदै।

काठमाडौँ- नेपाली नागरिकलाई शरणार्थी बनाएर अमेरिका पठाउने प्रपञ्च रची ठगी गरेको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेको छ। नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ नेपालीबाट प्रतिव्यक्ति ५० लाखसम्म असुली गरेको सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो। यो प्रकरणमा राजनीतिक तथा प्रशासनिक वृत्तका हाइप्रोफाइलहरू अनुसन्धानमा तानिएका छन्।

नेपाली नागरिकलाई शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग गृह प्रशासन मुछिएको छ। भूटानी शरणार्थीको प्रमाणीकरणका लागि गृह मन्त्रालयले २०७६ वैशाखमा बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। हालसम्म सार्वजनिक नगरिएको कार्यदलको प्रतिवेदनको अनुसूचीमा नाम थपेर अमेरिका पठाइदिने भन्दै ठगी भएको पाइएको छ। यसरी उक्त प्रतिवेदनमा नाम थपी अमेरिका पठाइदिन भन्दै झापा, मोरङ, सुनसरी, कास्की, बाग्लुङलगायतका जिल्लाका मानिसहरुबाट रकम असुली गरेको विषय अहिले तन्किँदै गएर उच्च प्रशासनिक र राजनीतिक तहसम्म पुगेको हो।

यही प्रकणमा नेकपा (एमाले)का सचिव एवम् पूर्वमन्त्री टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। बुधबार अर्घाखाँचीमा एक विद्यालयको कार्यक्रम विशेष अतिथि बनेर टोपबहादुर पुगेका बेला काठमाडौँमा उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। अर्घाखाँचीमा सहभागी कार्यक्रममा सभामुख देवराज घिमिरे प्रमुख अतिथि बनेर पुगेका थिए।

नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाउने गिरोह सक्रिय रहेका बेला एमाले उपाध्यक्ष रामबहादुर थापा बादल गृहमन्त्री थिए। बादल गृहमन्त्री हुँदा उनका सुरक्षा सल्लाहकार रहेका इन्द्रजित राई पनि यही गिरोहसँग संलग्न भएको आरोपमा पक्राउ परेका छन्। राईका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसेको छ। मंगलबार बिहान पक्राउ परेका इन्द्रजितसँगै छोरा निरजलाई पनि पक्राउ गर्ने तयारी प्रहरीले गरेको थियो। तर निरज हालसम्म फरार छन्। प्रहरी परिसर टेकुमा राखिएका राईसमेतले विभिन्न चरणमा ५ करोड रुपैयाँभन्दा बढी रकम आफूहरूबाट लिएको पक्राउ परेकाहरूले बयान दिएपछि राई पक्राउ परेका हुन्।

यसै प्रकरणमा तत्कालीन गृहमन्त्री बादलका छोरा प्रतीक थापासमेत मुछिएका छन्। यही अपराधमा संलग्न भएको आरोपमा उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ।

एमाले सचिव रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ परिसकेका छन्। उनलाई तीन दिनसम्म हिरासतमा राखी अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। बिहीबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएका रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको हो।

पक्राउ पर्नेमा राजनीतिक नेतृत्व मात्र जोडिएको छैन। तत्कालीन गृहसचिव (हाल उपराष्ट्रपति कार्यालयमा कार्यरत भएपनि निलम्बनमा परेका) टेकनारायण पाण्डेलाई पनि प्रहरीले पक्राउ गरेको छ।

‍प्रकरणमा सन्देश शर्मा (दाङ), केशव दुलाल (मोरङ), सागर राई (मोरङ), सानु भण्डारी (ललितपुर) र कुमार गुरुङ (पाँचथर) पक्राउ परिसकेका छन्। भण्डारीले तत्कालीन ऊर्जामन्त्री तथा एमाले सचिव रायमाझीको सचिवालयमा काम गरेका थिए। सुजाता कोइराला परराष्ट्रमन्त्री भएका बेला दुलालले उनको निजी सचिवालयमा काम गरेका थिए।

एमालेको दबाब
नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाउने गिरोहमा आफ्नो दलका पदाधिकारीहरु नै मुछिएपछि नेकपा एमालेले भने राजनीतिक प्रतिशोध साँध्न खोजिएको टिप्पणी गर्न थालेको छ। एमालेका सचिव रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको र उपाध्यक्ष बादलसमेत मुछिन सक्नेका साथै रायमाझीका छोरा सन्दीप पक्राउ परिसकेको र बादलका छोरा प्रतीकविरुद्ध पनि पक्राउ पुर्जी जारी भएपछि एमालेले आफूहरूविरुद्ध षड्यन्त्र भएको बताउन थालिसकेको छ।

आफूलाई पक्राउ गर्न अदालतले पक्राउ पुर्जी जारी भरेपछि बुधबार दिउँसो रायमाझीले दलालहरूले आफूलाई फसाउन खोजेको टिप्पणी गरेका थिए। यद्यपि प्रहरी अनुसन्धानलाई सघाउने जिकिर गरेका उनी यतिबेला फरार रहेको बताइएको छ।

आफ्नो दलका केन्द्रीय पदाधिकारी नै मुछिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको भनिएपनि आफ्नो दलका उपाध्यक्ष र सचिव तथा तिनको परिवारका विषयमा ओलीले चासो राखेको प्रधानमन्त्री सचिवालयको भनाइ छ।

‘नक्कली भुटानी शरणार्थीबारे निर्दोष पर्न भएन, दोषी उम्कन हुँदैन। दोषी उम्काउने हाम्रो प्रयास हुँदैन,’  प्रधानमन्त्री प्रचण्डसँग भेटेपछि ओलीले दोषी उम्काउन पार्टीले प्रयास नगर्ने जिकिर गर्दै भने, ‘यो तानिएको हो कि तनाएको हो, हामी अध्ययन गर्दैछौं। अध्ययन गरेपछि हामी निष्कर्षसाथ अघि बढ्छौं।’

अध्यक्ष ओलीले निर्दोषलाई फसाउन खोजे पार्टीले नसहने पनि चेतावनी दिए। ‘दोषी उम्काउने हाम्रो प्रयास हुँदैन। दोषीलाई फसाउन खोजियो भने हामी सहन्नौं,’ ओलीले भने।

प्रहरीले हिजो मात्रै एमालेका सचिव टोपबहादुर रायामाझीलाई पक्राउ पुर्जी जारी गरेको छ। नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभमा रकम असुलेको आरोपमा प्रहरीले उनलाई खोजिरहेको छ।

ओली र प्रधानमन्त्रीबीच भेटवार्ता हुनुअघि नै सचिव रायमाझी पक्राउ परेको भनिएको थियो। बिहान भैरहवाबाट पक्राउ परेका भनिएका रायमाझीसँग सम्पर्क नभएको प्रहरीले बताएको छ। बिहान पक्राउ परेको भनिएका रायमाझी कसरी फेरि फरार भए भन्ने विषय शंकास्पद छ।

नेकपा एमालेका नेता विष्णु रिमालले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी उम्कन नहुने र निर्दोष फस्न नहुने टिप्पणी गरेका छन्। कानुनभन्दा माथि कोही पनि नहुने भनेका उनले घटनालाई राजनीति रूप दिन नहुने बताएका छन्।

‘भुटानी शरणार्थी प्रकरणमा होस् वा अन्य कुनै, कानुनभन्दा माथि कोही हुँदैनन्। उन्मुक्ति कसैलाई पनि हुनुहुन्न। निर्दोष नफसुन्, कोही दोषी नउम्किउन्। छानबिन हुनुपर्छ, छानबिनमा सबैले सहयोग गर्नुपर्छ। यस्ता घटनालाई राजनीतिकरण गर्नुहुन्न। कानुनको पालना सबैले गर्नुपर्छ,’ उनले लेखेका छन्।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा कोही पनि दोषी उम्कन नपाउने बताएका छन्। आफूले प्रहरी प्रशासनलाई दोषी जति नै शक्तिशाली वा पहुँचवाला भए पनि नछोड्न निर्देशन दिएको उनको भनाइ छ।

‘दोषी जति नै शक्तिशाली भएपनि नउम्किउन् भनेर मैले प्रहरीलाई निर्देशन दिएको छ,’ गृहमन्त्री श्रेष्ठले भने। यो प्रकरणमा सुरक्षा निकायले चनाखो भएर काम गरिरहेको उनले बताए।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा गृह प्रशासनको प्रयास प्रसंशनीय रहेको बताएका छन्। यो प्रकरणको अनुसन्धानका क्रममा ठगी गिरोहको भिआइपी जालो उजागर हुँदै गएको बताएका थापाले यो घटना मात्र नभएर प्रवृत्ति भएको बताएका छन्।

‘नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगी प्रकरणको अनुसन्धानका क्रममा ‘ठगी गिरोहको भिआइपी जालो’ उजागर हुँदै गएको छ। यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय छ,’ उनले भनेका छन्, ‘यो घटना होइन प्रवृत्ति हो। अझै गहिरोसँग अनुसन्धान होस्। कोही नछुटुन्। संलग्न जोसुकै,जुनसुकै ओहदा र शक्तिको होस्,कानून भन्दा माथि कोही हुँदैन।’

१०६ जनाले दिए उजुरी
पीडितहरूले आफूहरूलाई ठगी गरेको भन्दै अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएका थिए। जाहेरी परेपछि लामो अनुसन्धानपछि प्रहरीले दुलाललगायतलाई पक्राउ गरेको थियो। कार्यालयले पक्राउ गरेर थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको थियो। परिसरले पछिल्लो समय संगठित अपराध कसूरमा अनुसन्धान गरिरहेको छ।

२०७९ चैत २९ गते यही घटनामा संलग्न रहेको आशंकामा सन्देश शर्मा र सागर राईलाई प्रहरीले पक्राउ परे। उनीहरूले भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै प्रत्येक व्यक्तिबाट ५ देखि ४५ लाखसम्म लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो। अनुसन्धानका संलग्न प्रहरी अधिकारीका अनुसार गिरोहका मानिसहरूले नेपालीहरूलाई नक्कली शरणार्थी बनाउन फारम नै भराएर पैसा उठाएका थिए। उनीहरूले तीन तहमा रहेर यो काम गरेका थिए।

‘मान्छेहरूसँग कुरा गर्ने, निवेदन दर्ता गराउने, रकम असुल्नेलगायत काम एक तहमा बसेकाले गर्थे भने दोस्रो तहमा केशव दुलाल, सानु भट्टराई लगायतको भूमिका देखिन्छ। उनीहरूले बीचमा बसेर मिलाउने गर्थे,’ ती अधिकारीले भनेका छन्,‘तेस्रो तहमा भने त्यतिबेला गृह मन्त्रालयमै रहेका व्यक्तिहरूको भूमिका रहेको देखिएको छ।’

यो प्रकरणमा प्रहरीले हालसम्म ८ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। अझै केही व्यक्तिमाथि पक्राउ पुर्जी जारी भएको र उनीहरुको खोजी भइरहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले जानकारी दिए।

प्रहरीका अनुसार यो प्रकरणमा हालसम्म १०६ जनाले २० वटा उजुरी दिएका छन्। उनीहरुले कूल रु २३ करोड २५ लाख ठगी भएको दाबी गरेका छन्।

काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार योभन्दा धेरै सङ्ख्यामा पीडित भएको अनुमान गरिए पनि अन्य व्यक्ति सम्पर्कमा आइसकेका छैनन्। हाल उजुरीमा उल्लेख भएका व्यक्तिमाथि अहिले अनुसन्धान जारी छ।

गिरोहले विसं २०७७ देखि नक्कली शरणार्थी बनाइ ठगी अभियान चलाएको खुलेको छ। यस सम्बन्धमा पहिलो पटक गत जेठमा अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको थियो।

‘अन्य केही व्यक्ति पनि अनुसन्धानको घेरामा छन्, प्रमाण जुटेपछि पक्राउ पर्छन्,’ अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले भने।

गिरोहले गृह मन्त्रालयका नाममा सरकारी लोगोसमेत प्रयोग गरी शरणार्थी परिचयपत्र तथा ट्राभल डकुमेन्टसमेत बनाएको भेटिएको छ। गिरोहले आफूसँग सम्पर्कमा आएका र चिनजानमा रहेका व्यक्तिलाई प्रयोग गरी उनीहरुका आफन्तलाई समेत शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भनि भुटानी शरणार्थीका रुपमा नाम दर्ताका लागि फारम भर्न लगाएका थिए।

गृह मन्त्रालय र शरणार्थी समितिका उच्च अधिकारीसँग सेटिङ भइरहेको सुनाएर पीडितलाई विश्वास दिलाउने गरेका थिए। विश्वासमा पारिराख्न गृह मन्त्रालय, श्रम मन्त्रालय र शरणार्थीसँग सम्बन्धित विभिन्न निकायसँग सम्बन्धित पत्र देखाउने गरेका थिए।

गिरोहले पत्रपत्रिका र अनलाइनमा आएका फोटो, समाचार तथा शरणार्थी समस्या हेर्ने विभिन्न निकायका कर्मचारीको सरुवासम्बन्धी समाचार पीडित समक्ष सेयर गरी विश्वास बटुल्ने गरेको कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले उतिबेलै बताएका थिए।

पीडितलाई कहिले शरणार्थी शिविर अनुगमन हुन लागेको भन्दै त कहिले बायोमेट्रिक गर्नुपर्ने भन्दै पथरी, बेलडाँगी, विराटनगर, सौराहा, काठमाडौँलगायत स्थानमा पटकपटक बोलाउने गरेको जाहेरीमा उल्लेख छ।

उनीहरुले काम नभएमा रकम फिर्ता गरिदिन्छु भन्दै आठ करोड बराबरको चेक समेत दिएका थिए। उनीहरुले यसरी उठाइएको रकम सङ्कलनका लागि विभिन्न व्यक्तिको बैंक खाता प्रयोग गर्ने गरेका पाइएको छ।

प्रकाशित: २०८० बैशाख २१ गते बिहिबार ०६:४८
प्रतिक्रिया

थप समाचार

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

विश्वप्रसिद्ध गढीमाई मन्दिरमा चोरी: चाँदीको मुकुट र सुनका गहनासहित बहुमूल्य सामग्री गायब

रौतहट: बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित विश्वप्रसिद्ध धार्मिक पर्यटकीय स्थल गढीमाई मन्दिरमा ताला तोडेर बहुमूल्य गहनाहरू चोरी भएको छ। गत साउन १० गते आइतबार राति अज्ञात समूहले...

११ करोड २१ लाखमा बनेको देवघाटको शवदाहगृह पीपीपी मोडलमा सञ्चालन गरिने

चितवन: देवघाटमा निर्माण गरिएको शवदाहगृह सार्वजनिक–निजी साझेदारी(पीपीपी) ढाँचामा सञ्चालन गरिने भएको छ। शवदाहगृह सञ्चालन गर्न बढी खर्चिलो हुने भएपछि सार्वजनिक–निजी साझेदारी ढाँचामा सञ्चालन...

४ करोड खर्चेर ललितपुरको २१ नम्बर वडामा हुँदैछन् यी कामहरू

काठमाडौँ: ललितपुर महानगरपालिका वडा नं. २१ ले चालु आर्थिक वर्षका लागि प्राप्त करिब ४ करोड रुपैयाँको बजेटलाई विभिन्न क्षेत्रका विकास तथा संरक्षण योजनामा विनियोजन गरेको जनाएको छ। वडाले पूर्वाधार...

सुनसरीको देवानगन्जमा कर्फ्यु कायमै

सुनसरी: सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा (कफ्र्यु) आज पनि जारी छ। सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेका अनुसार त्यस...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना