काठमाडौँ- बिहीबार (आज) काठमाडौँसहित १८ जिल्लामा बाढीको जोखिम हुने अनुमान गरिएको छ।
बाढी पूर्वानुमान महाशाखाले यस्तो अनुमान गरेको हो।
दिउँसो ६ वटा प्रदेशमा पानी पर्ने अनुमान र राति ५ वटा प्रदेशमा भारी वर्षाको सम्भावना छ।
महाशाखाका अनुसार आज रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, मकवानपुर, नुवाकोट र धादिङ जिल्लामा बाढीको जोखिम छ।
यस्तै, गोरखा, तनहुँ, लमजुङ, कास्की, जाजरकोट, दैलेख, कालिकोट, अछाम, बाजुरा र आसपासका जिल्ला भई बहने अधिकांश ससाना नदीमा बहाव बढ्ने अनुमान महाशाखाको छ।


