काठमाडौँ- काठमाडौँ महानगरपालिकाको वडा नम्बर ११ र १० जोड्न धोबीखोलामाथि बनेको पुल चर्किएपछि आवागमन बन्द गरिएको छ।
महानगर प्रहरीका अनुसार बुद्धनगर क्षेत्रको उक्त पुल भासिएपछि आवतजावत बन्द गरिएको हो।
पुलबाट आवतजावत गर्दा जोखिम हुने भएपछि आवागमन बन्द गरिएको प्रहरीले जानकारी दिएको छ।


