काठमाडौँ- बुधवार भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाका मृतक र करिब दुई हप्तादेखि त्रिशुलीमा हराइरहेका दुई बसका यात्रुको सम्झनामा दीप प्रज्वलन गरिएको छ।
नेविसंघ त्रिचन्द्र इकाइले बिहीवार द्वीप प्रज्जवलनको आयोजना गरेको हो। बुधबारको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो।
चितवन सिमलताल क्षेत्रमा सडकमाथिबाट आएको पहिरोले दुई बस बगाएको थियो।
दुवै बसमा रहेका ६५ जनामध्ये तीन जना पौडिएर बाँच्न सफल भएका छन्। २४ जनाको शव भेटिएको छ भने ५ जनाको सनाखत हुन बाँकी छ।
दुई बसमा सवार ३८ जना बेपत्ता छन्। बाढीले बगाएका दुवै बस फेला परेका छैनन्।
असार २८ गते चितवनको सिमलतालबाट त्रिशूली नदीमा दुई बसलाई पहिरोले बगाएको थियो।
