काठमाडौँ- गोरखामा पहिरो जाँदा ५ जना बेपत्ता भएका छन्। जिल्लाको धार्चे–५ मा गएको पहिरोमा परी एकाघरका ३ जनासहित ५ जना बेपत्ता भएका हुन्।
स्थानीयका अनुसार आज बिहान करिब तीन बजेतिर एउटा घर र एउटा कृषि फर्मलाई पहिरोले पुरेको थियो।
गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले पहिरोमा घर र कृषि फर्म पुरिएको खबर पाएलगत्तै खोज तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको जानकारी दिए।
उनका अनुसार खोर्लाबेसीबाट नेपाली सेना र आरुघाटबाट सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ। यसको थप विवरण आउन बाँकी छ


