काठमाडौँ- सिमलताल पहिरोमा परी त्रिशूलीमा बेपत्ता बस खोज्न आएको भारतीय टोली स्वदेश फर्किएको छ।
असार २८ गते रातीदेखि त्रिशूलीमा बेपत्ता भएका दुई बस खोज्न साउन ४ गते नेपाल आएको १२ जनाको भारतीय टोली स्वदेश फर्किएको हो।
असार २८ गतेदेखि नै बस खोज्न थालिएको भएपनि बस फेला पार्न नसकेपछि भारतीय टोली स्वेदश फर्किएको हो।
शुक्रबार बस खोज्न भारतीय टोलीले ल्याएको चुम्बक नै हराएको थियो। भारतीय टोली फर्किए पनि नेपाली उद्धार टोलीले भने खोजी कार्य जारी राख्ने बताइएको छ।
चितवन महानगरपालिका–२९, सिमलतालमा गएको पहिरोले बगाउँदा त्रिशूलीमा खसेर २ वटा यात्रुबाहक बस त्रिशुलीमा खसेका थिए।
वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस बेपत्ता भएका हुन्।
१७ दिनसम्म विभिन्न उपकरणसहित खोजी कार्य जारी राख्दासमेत हराएका २ वटै बस भेटिएका छैनन्।
दुवै बसमा रहेका ६५ यात्रुमध्ये ३ जना हामफालेर बाँचेका थिए। बाँकी ६२ मध्ये अहिलेसम्म २५ जनाको मात्रै शव भेटिएको छ।
