काठमाडौं- इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका विंगर जेडान सान्चो फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) जाने भएका छन्। बीबीसीका अनुसार उनी पीएसजी जान सहमत भएको बताइएको छ।
पीएसजीले युनाइटेडसँग खेलाडी साटफेरको प्रस्ताव राखेको छ। सान्चो भित्र्याउन उसले २ जना खेलाडी यूनाइटेडलाई दिन सक्ने बताइएको छ। यद्यपी सान्चोसँग पीएसजीले सैद्धान्तिक सहमति गरिसकेका छन्।
सान्चो भित्र्याउन पीएसजीले ५० मिलियन पाउन्ड बराबरको युनाइटेडको माग पुरा गर्नुपर्नेछ।


