२०८३ कार्तिक १३ गते बिहिबार

आठ वर्षअघि सुरु भएको ‘कभर्ड हल’ अझै बनेन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १४
sfsf

गण्डकी- आठ वर्षअघि पोखराको लेखनाथ रङ्गशालामा निर्माण थालिएको बहुउद्देश्यीय ‘कभर्ड हल’ बीचमै अलपत्र परेको छ। तीन वर्षदेखि कभर्ड हल निर्माण ठप्प अवस्थामा छ। बनेका संरचना पनि जीर्ण बन्न थालेका छन्।

पोखरा महानगरपालिका–२९ भण्डारढिकमा निर्माणाधीन उक्त कभर्ड हल बजेट अभावमा अलपत्र परेको हो। निर्माण समितिका अध्यक्ष सुवास खड्काले पछिल्ला दुई आवमा कभर्ड हललाई कतैबाट पनि बजेट नपरेको बताए। पोखरा रङ्गशालाको विकल्पका रुपमा लिइएको लेखनाथ रङ्गशालाको कभर्ड हल निर्माणले गति नलिएपछि खेलकुदप्रेमी निराश छन्।

“बजेट नभएका कारण कभर्ड हल निर्माण रोकिएको हो,” अध्यक्ष खड्काले भने। पोखरा महानगरसहित सङ्घ र प्रदेश सरकारबाट बजेट ल्याउन समितिले प्रयास गरेपनि सम्बन्धित निकायबाट सुनुवाई नभएको उनको भनाइ छ। अहिलेसम्म कभर्ड हलमा एक करोड दस लाख खर्च भइसकेको निर्माण समितिले जनाएको छ।

आव २०७४÷०७५ मा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट छुट्टिएको रु ११ लाख बजेटबाट कभर्ड हलको निर्माण सुरु गरिएको थियो। त्यसयता राष्ट्रिय खेलकुद परिषद्को ५० लाख, प्रदेशको युवा तथा खेलकुद मन्त्रालयको २५ र तत्कालीन प्रदेशसभा सदस्य दीपक कोइरालाको निर्वाचन क्षेत्र विकास कार्यक्रमको रु २५ लाख बजेट खर्च भइसकेको छ।

उक्त बजेटबाट कभर्ड हलमा भुइँतलाको पिलर र गारो लगाउने काम भएको छ। “सबै संरचना तयार गर्न अझै तीन करोड जति बजेट लाग्छ”, अध्यक्ष खड्काले भने, “भलिबलदेखि मार्सल आर्टलसम्मका प्रायः सबै ‘इन्डोर’ खेललाई हुने गरी कभर्ड बनाउन लागिएको हो।” कभर्ड हल नहुँदा खेलाडी खुला चौरमा खेल्न बाध्य छन्। प्रशिक्षक हेमन्त विकले सात वर्षदेखि खुला आकाशमुनि कराते सिकाउँदै आएको सुनाए।

“घाँसे मैदानमा प्रशिक्षण चलाउनुपर्ने बाध्यता छ, कभर्ड हल छैन, बर्खामा ट्रयाक हिलाम्मे हुँदा खेलाडी दौडन पनि पाउँदैनन्”, विकले दुःखेसो पोखे, “रङ्गशाला मात्र भनेर के गर्ने खेल पूर्वाधार छैन।” बहुउद्देशीय कभर्ड हल ४५ मिटर लामो र २६ मिटर चौडा हुने गरी निर्माण सुरू गरिएको थियो। सुरुमा रु तीन करोडको बजेट अनुमान गरिए पनि महँगीका कारण अब लागत पनि बढ्ने भएको छ।

नवौँ राष्ट्रिय खेलुकद प्रतियोगिता पोखरामा हुँदा राखेप सदस्य सचिव टङ्कलाल घिसिङले उक्त कभर्ड हलको अवलोकन गरी बजेटका लागि पहल लिने आश्वासन दिएका थिए। प्रदेश सरकारका प्रतिनिधिले पनि पटकपटक बजेटको कमी हुन नदिइने बताउँदै आएका छन्। तर बजेटकै कारण महत्त्वपूर्ण खेल पूर्वाधार वर्षौँदेखि अलपत्र छ। कभर्ड हलमा हालसम्म भएको लगानी यसै खेर जाने हो कि भन्ने चिन्ता स्थानीय खेलप्रेमीहरूलाई छ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिलगायत खेल क्षेत्रसँग सम्बन्धित सङ्घसंस्थाले बजेट नभएर कभर्ड हल अलपत्र परेपछि तीनै तहका सरकारको ध्यानाकर्षण गराइएका थिए। लेखनाथ रङ्गशालालाई पूर्वाधार सम्पन्न बनाउन पोखरा महानगरले अगुवाई गर्नुपर्ने स्थानीयवासीको माग छ।

खेलाडी उत्पादनदेखि र खेल गतिविधि सञ्चालनका लागि लेखनाथ रङ्गशाला उपुयक्त ठाउँमा रहेकाले पूर्वाधारमा राज्यले लगानी गर्नुपर्ने अध्यक्ष खड्काको भनाइ छ। रङ्गशालामा भएका अन्य खेल पूर्वाधारको पनि उचित रेखदेख र संरक्षण हुन नसकेको स्थानीयवासीको गुनासो छ।

प्रकाशित: २०८१ साउन १४ गते सोमबार ०९:१३
प्रतिक्रिया

थप समाचार

आर्या फार्मास्युटिकल्स र नेपाल प्रिमियर लिगबीच तीनवर्षीय सहकार्य

काठमाडौँः आर्या फार्मास्युटिकल्सले नेपाल क्रिकेट संघ (क्यान) र नेपाल प्रिमियर लिग ९एनपीएल० सँग तीनवर्षीय सहकार्य गर्ने भएको छ। कम्पनीले आफ्नो स्थापनाको ३०औँ वर्षका अवसरमा एनपीएलसँग स्वास्थ्य...

मोइन अलीको अर्धशतकसहित काठमाडौँविरुद्ध जनकपुरको सहज जित

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ। जनकपुरले काठमाडौँ गोर्खाजलाई ८ विकेटले हराएको हो। जितका लागि पाएको...

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

एनपीएलले बढायो होटलहरूको कारोबार

काठमाडौँ: कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)ले काठमाडौंका होटल तथा पर्यटन व्यवसायमा आर्थिक गतिविधि बढाएको छ। यसवर्षको एनपीएलमा नेपाल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना