काठमाडौं– गुरुङ जातिको मृत्यु संस्कारसँग जोडिएको नाच हो स्यार्ग। यस जातिमा मानिसको मृत्यु पश्चात् १३ दिन या ४५ दिनमा पैं अर्थात् अर्गुम गर्ने परम्परा रहेको हुन्छ।
सोही अर्गुममा सिमी अर्थात् मृत आत्मालाई स्वर्ग तार्न भाइ खलक र छोरी बहिनीहरू मिलेर स्यार्ग गाइने र नाचिने गरिन्छ।
यो नाच गुरुङ जातिको बाहुल्यता रहेको कास्की, स्याङ्जा, लमजुङ, गोरखा, तनहुँमा नाचिने गरिन्छ। यसका साथै विभिन्न जिल्लाबाट उपत्यकामा बसोबास गर्ने गुरुङ जातिहरूले समेत यस परम्परालाई निरन्तरता दिएको पाइन्छ।
यसै अवसरमा मिलीजुली बाबा समूह नार लामा क्होईबो घिं गुम्बा, काठमाडौंका सदस्यहरूले सोपाल गुरुङ समाजमा सो स्यार्ग नाच प्रस्तुत गरेका छन्।


