२०८३ कार्तिक १३ गते बिहिबार

धाप ड्याम बन्यो पर्यटकीय गन्तव्य [फोटोफिचर]

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १९
Manichun-14

काठमाडौँ- पछिल्लो समय शिवपुरी राष्ट्रिय निकुञ्ज स्थित गोकर्णेश्वर नगरपालिका–१ मा रहेको मानव निर्मित विशाल धाप ड्याम ताल पर्यटकहरुको नयाँ गन्तव्य बन्दै गएको छ।

बर्खाको समयमा पानी जम्मा गरेर हिउँदमा बागमती नदीमा बगाउने उद्देश्यले निर्माण गरिएको भए पनि काठमाडौँबाट नजिकै रहेको मनमोहन ताल पर्यटकको रोजाइमा पर्ने गरेको हो।

‘बागमती सरसफाइको उद्देश्यले बाँधको निर्माण सुरु गरिएको भएपनि अहिले यो ताल पर्यटकीय हिसाबले निकै आकर्षक गन्तव्य स्थलको रूपमा परिचित हुँदै छ।

ड्याम करिब १३ हेक्टरमा फैलिएको छ। ड्याम अवलोकन गर्न आउने पर्यटकहरूले तालको ७५ प्रतिशत भाग देखिनुका साथै सिजन अनुसार विभिन्न हिमश्रृंखलाहरू र निकुञ्ज भित्रका अन्य प्राकृतिक दृष्यहरूको समेत अवलोकन गर्न सक्नेछन्।

धाप बाँध पुग्न शिवपुरी–नागार्जुन निकुञ्ज हुँदै जानुपर्ने हुन्छ। यहाँ जनका लागि सुन्दरीजल, मुलखर्क, हिले भञ्ज्याङ हुँदै जान सकिन्छ भने त्यसै गरी कागेश्वरी मनोहरा नगरपालिकाको कागेश्वरी मन्दिरको दर्शन गर्दै बीच बाटोमै पर्ने मडिचुड दहको अवलोकन गर्दै पनि जान सकिन्छ।

त्यसै गरी धाप ड्याम बाट ३ किलोमिटरको दूरीमा अवस्थित अर्को पर्यटकीय स्थल चिसापानीमा खाना खाजा खाएर पुन काठमाडौं फर्कन सकिन्छ।

चाबहिलबाट बाँधसम्मको दूरी करिब ३५ किलोमिटरको रहेको हुनाले आफ्नै सवारी साधनको प्रयोग गरेर पनि धाप ड्याम पुग्न सकिन्छ।

त्यसैगरी, चाबहिल–साँखु–जरसिंगपौवा हुँदै पनि ताल पुगिन्छ। यो रुटबाट जाँदा ३३ किलोमिटरको दूरी पार गर्नुपर्छ।

धाप ड्याम निकुञ्ज क्षेत्रभित्र पर्ने भएकाले प्रतिव्यक्ति १०० रुपैयाँ प्रवेश शुल्क लाग्छ। साथै, मोटरसाइकल–स्कुटरमा जाँदा प्रतिसाधन १५० रुपैयाँ र व्यक्तिको छुट्टै शुल्क गरी २५० रुपैयाँ तिर्नुपर्छ।

पर्यटकका लागि अहिले कुनै पनि आवश्यक पूर्वाधारहरू बनिसकेका छैनन्।

केही समयमा सार्वजनिक शौचालय, ड्यामको हेरचाहका लागि भ्यू पोइन्टलगायतका आवश्यक पूर्वाधारहरूको निर्माण कार्य शुरु भइरहेको छ।

प्रकाशित: २०८१ साउन १९ गते शनिवार ०१:३६
प्रतिक्रिया

थप समाचार

आर्या फार्मास्युटिकल्स र नेपाल प्रिमियर लिगबीच तीनवर्षीय सहकार्य

काठमाडौँः आर्या फार्मास्युटिकल्सले नेपाल क्रिकेट संघ (क्यान) र नेपाल प्रिमियर लिग ९एनपीएल० सँग तीनवर्षीय सहकार्य गर्ने भएको छ। कम्पनीले आफ्नो स्थापनाको ३०औँ वर्षका अवसरमा एनपीएलसँग स्वास्थ्य...

वैदेशिक लगानी प्रतिबद्धता ५४ प्रतिशत घट्यो, १६ अर्ब २३ करोड मात्र

काठमाडौँः चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता ५४ प्रतिशत घटेको छ। उद्योग विभागका अनुसार साउनदेखि असोजसम्म १६ अर्ब २३ करोड रुपैयाँ...

फूल व्यवसाय बढ्दो, वार्षिक ४ अर्बको कारोबार

काठमाडौं। नेपालमा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक कारोबार आर्थिक वर्ष २०८०/०८१ मा १६.६१ प्रतिशत वृद्धि भई ३ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष...

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...

मोइन अलीको अर्धशतकसहित काठमाडौँविरुद्ध जनकपुरको सहज जित

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ। जनकपुरले काठमाडौँ गोर्खाजलाई ८ विकेटले हराएको हो। जितका लागि पाएको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना