काठमाडौँ- नेकपा एमालेका मनोनित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्।
पार्टी मुख्यालय च्यासलमा आयोजित समारोहमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
साउन १७ गते बसेको एमाले सचिवालय बैठकले एक उपाध्यक्ष, दुईजना स्थायी कमिटी सदस्य तथा १७ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो।
उपाध्यक्षमा गुरु बराल मनोनित भएका थिए।


