काठमाडौँ- किराँती समुदायले यसपालि कोशी प्रदेश नामकरणको विरोध गर्दै उभौली पर्व साकेला मनाएका छन्।
किराँत समुदायहरूले विरोधस्वरूप बानेश्वरस्थित सडकमै नाचेर उभौली पर्व साकेला मनाएका हुन्। माइतीघर मण्डलमा जम्मा भएका पहिचान पक्षधर नाच्दै नयाँ बानेश्वर चोकसम्म पुगेका थिए।
साकेलामा किरात याक्खा छुम्मा, सुनुवार सेवा समाज, किरात राई यायोक्खा ललितपुर, भक्तपुर र काठमाडौंसँगै किरात याक्थुम चुम्लुङलगायतले उभौली साकेलामा सहभागिता जनाएको बताइएको छ।













