२०८३ कार्तिक १७ गते सोमबार

असुरक्षित गर्भपतन महिलाको मृत्युको कारण

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २२
111470041_twopills

देउखुरी (दाङ)- असुरक्षित गर्भपतनले स्वास्थ्य जोखिम बढ्दै गएकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। अनिश्चित तथा अवैध गर्भधारणसँगै गरिने असुरक्षित गर्भपतनका कारण महिलाको मृत्यु हुनुका साथै जोखिम बढ्दै गएको उनीहरुको भनाइ छ।

घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख राधा पौडलले असुरक्षित गर्भपतनका कारण कतिपय महिलाको ज्यानै जाने गरेको बताइन्। परिवार नियोजनका साधनका रुपमा गर्भपतनलाई लिन नहुने उनको भनाइ थियो।

यौन सम्पर्कका क्रममा सचेत नहुँदा अनिश्चित गर्भ रहन जाने र गर्भ बसेको थाहा पाएपछि चकटेल खाए झैँ औषधि प्रयोग गर्दा महिलाले ज्यान गुमाउनु परेको उनको भनाइ छ। उनले यस विषयमा सबै गम्भीर हुनु आवश्यक रहेको बताइन्।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्सिङ प्रशासक शर्मिला शर्माले अनुमति नलिएका क्लिनिक (मेडिकल) मा गएर अवैध रुपमा गर्भपतन गराउने र अनावश्यक औषधि सेवनले पनि महिलाको ज्यान जोखिममा पर्ने गरेको बताइन्।

लुकिछिपी औषधि सेवन गर्ने र औषधिले गर्भ गएन भने औजारको प्रयोग गरी गर्भपतन गर्ने गरेको उनको भनाइ थियो। उनले सूचीकृत स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाबाट मात्र सुरक्षित गर्भपतन गराउनुपर्नेमा जोड दिइन्।

स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन रीता न्यौपानेले आर्थिक वर्ष २०७८/७९ मा दुई हजार दुई सय ६२, आव २०७९÷८० मा दुई हजार एक सय चार र आव २०८०÷८१ मा दुई हजार पाँच सय ९३ जनाले सुरक्षित गर्भपतन गराएको बताइन्। जिल्लामा चालु आर्थिक वर्षमा दुई सय ७७ जनाले सुरक्षित गर्भपतन गराएको उनले जानकारी दिइन्।

औषधिबाट १२ हप्तासम्मको गर्भ सुरक्षित रुपमा गर्भपतन गराउने सुविधा रहेको भन्दै दाङका १० वटै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाबाट दक्ष चिकित्सकको प्रविधि प्रयोगबाट १२ हप्ताभन्दा बढी समयको गर्भपतन गराउने सुविधा रहेको उनको भनाइ छ।

यसरी कानुनी रुपमै सुरक्षित गर्भपतन गराउन पाउने व्यवस्थासहित जिल्ला अस्पताल र अन्य अस्पतालमा सुविधा भए पनि जनचेतना अभावका कारण महिलाले असुरक्षित गर्भपतन गर्ने गरेका उनको भनाइ छ।

स्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख किशोर आचार्यले असुरक्षित गर्भपतनकै कारण दाङमा कतिपय महिलाले ज्यान गुमाएको तथ्यहरु सार्वजनिक हुने गरेको बताए। सुरक्षित गर्भपतनसम्बन्धी चेतना फैलाउन स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पत्रकार, शिक्षकलगायतमा सहयोग गर्न आग्रह गरे। गर्भपतन गराउनुपर्ने बाध्यात्मक परिस्थितिमा अनुमति प्राप्त अस्पताल तथा स्वास्थ्य संस्थामा गएर सेवा लिनुपर्नेमा उनले जोड दिए।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्त्री रोग विषेशज्ञ डा वसन्त लामिछानेले निःशुल्क साथै सुरक्षित गर्भपतन गराउन सकिन्छ भन्ने प्रावधानप्रति बेखबर रहँदा कतिपयले असुरक्षित गर्भपतन गराउन पुग्दा ज्यान गुमाउने गरेको बताए। उनले सचेतनाकै कमी रहेको बताए।

महिलाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने १२ हप्तासम्मको गर्भलाई गर्भपतन गराउन सकिने कानुनी व्यवस्था छ। त्यसैगरी भ्रुणमा कमीकमजोरी भएको कारणले गर्भमै नष्ट हुन सक्ने वा जन्मेर पनि बाच्न नसक्ने गरी गर्भको भ्रुणमा खराबी रहेको वंशाणुगत खराबी वा अन्य कुनै कारणले भ्रुणमा अशक्तता हुने अवस्था रहने भन्ने उपचारमा संलग्न स्वास्थ्यकर्मीको राय बमोजिम महिलाको मञ्जुरीमा २८ हप्तासम्मको गर्भलाई गर्भपतन गराउन सकिने व्यवस्था छ।

प्रकाशित: २०८१ साउन २२ गते मङ्गलबार ०६:५१
प्रतिक्रिया

थप समाचार

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

‘दशैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्’

धेरै क्यालोरी भएका खानेकुरा, अत्यधिक मासु, भात, गुलियो पदार्थ तथा चिसो पेय पदार्थको सेवन गर्दा शरीरमा आवश्यकताभन्दा बढी ऊर्जा सञ्चित हुन्छ। यसले तौल बढ्ने, रक्तचाप बढ्ने, मधुमेह हुने र शरीरमा...

गेटामा एमबीबीएस अध्ययनका लागि ५० र नर्सिङमा २० सिट निर्धारण

काठमाडौँ: कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि एमबिबिएस अध्ययनका लागि ५० सिट निर्धारण गरिएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा...

एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स जनकपुरमा हुने, ‘ब्रेन गेन’तर्फ अघि बढ्ने तयारी

काठमाडौं । हाल प्रवासमा स्वास्थ्य क्षेत्रमा कार्यरत नेपाली तथा नेपाली मूलका विज्ञ जनशक्तिको ज्ञान, सीप, अनुभव र सञ्जाललाई मुलुकको स्वास्थ्य प्रणालीसँग जोड्ने उद्देश्यले ‘छैटौँ एनआरएन ग्लोबल...

१ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद

वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १ अर्ब रुपैयाँभन्दा बढीको उपकरण बिग्रिएर थन्केका छन्। ती उपकरण मर्मत सम्भारमा बेवास्ता गर्ने अस्पताल प्रशासनले बर्सेनि करोडौँ रुपैयाँका नयाँ उपकरण...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना